कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५
379

टीसीएल ब्रान्ड विश्वकै दोस्रो ठूलो टिभी ब्रान्ड बन्न सफल भएको जनाएको छ । नयाँ आयाम र उत्पादनहरुको डिजाइन थप्न सधैं अग्रसर टीसीएल ब्रान्डलाई आइएचएसबाट प्रमाणित गरिएको कम्पनीले जनाएको छ । टीसीएल ब्रान्ड उपभोक्ता माझ विश्वस्तरीय उत्पादनले प्रख्यात भएको भन्दै कम्पनीले छोटो समयमा नै नेपाली बजारमा टीसीएल ब्रान्डले लोकप्रियता हासिल गर्न सफल भएको जनाएको छ । २० इन्चदेखि ६५ इन्चसम्मको स्मार्ट तथा नन स्मार्ट मोडलहरुमा उपल्ब्ध टीसीएल ब्रान्डले नेपालमा गुगल एन्ड्रोइड टिभी पनि भिœयाएको पीडब्लूएम, ब्रान्डको नेपालका लागि आधिकारी विक्रेता चौधरी गु्रपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।