कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५
430

एलजीले नयाँवर्ष लक्षित गरी एलजी डुयर कुल एयसकन्डिसनर नेपाली बजारमा ल्याएको छ । यस एसीमा डुयल इन्भर्टर कम्प्रेसरका साथै १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । यस एसीले ७० प्रतिशतसम्म बिजुलीको बचत गर्ने तथा ८० प्रतिशत छिटो चिसो पार्ने भन्दै कम्पनीले यसको प्रयोग गर्दा वार्षिक ३२ हजार रुपैयाँसम्मको बचत पनि गर्न सकिने पनि एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालिले जनाएको छ ।