कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
549

उद्योगी दिवाकर गोल्छाको मंगलबार राती चेन्नईमा निधन भएको छ।
किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो ।६७ वर्षका उनका दुई छोरा छन्। उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ।

उनको अग्रसरतामा दुई दर्जन भन्दा बढी उदयोग स्थापना भएका थिए। हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो।
उनको शव बुधबार काठमाडौँ ल्याइने पारिवारिक श्रोतले जनाएको छ ।