कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५
434

रुपन्देही-नेपाल भ्यालुअर्स एसोसिएसन लुम्बिनी च्याप्टरको दोस्रो साधारणसभा तथा ई.शैलेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । श्रेष्ठ सिद्धार्थनगर नगरपालिकामा कार्यरत वरिष्ठ इन्जिनियर हुन् । जसको उपाध्यक्षमा ई.यमलाल पाण्डे, सचिवमा ई.गोविन्द पंगेनी, सहसचिवमा ई.प्रदीप वन, कोषाध्यक्षमा ई.नवसुजित भण्डारी चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा ई. विनय पिया, ई.कृष्णप्रसाद पराजुली, ई.सन्तोष पाण्डे, ई.राजेश कोहार, ई.विवेककुमार गुप्ता र ई. सतिशकुमार गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् । यसअघि अधिवेशनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले भ्यालुअर्स एसोसिएसनले नेपाली निर्माण जगतमा ठूलो योगदान गरेको बताए । कार्यक्रममा नेपाल भ्यालुअर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ई.ऋषि कोइराला र महासचिव ई.लक्ष्मणबाबु सेढाईंले मूल्यांकनका क्षेत्रमा भएका विद्यमान समस्या र समाधानका उपायहरूका बारेमा चर्चा गरे ।
एसोसिएसन सल्लाहकार ई.टंक कंडेल, ई.दुजेन्द्र बस्नेत, ई.सीताराम भक्त र नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नं ५ का अध्यक्ष ई. शुम ज्ञवाली, केन्द्रीय सदस्य ई.जीवन अर्यालले भ्यालुअर्सको आवश्यकता, देश विकासमा पु-याएको योगदान, चुनौती र उपयोगिताका बारेमा धारणा राखेका थिए । बन्द सत्रमा मूल्यांकनका बारेमा भोगिएका समस्याका बारेमा विस्तृत छलफल भएको थियो । छलफलले समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने निर्णयसमेत गरेको छ । भ्यालुअर्स कार्यलाई अझ मर्यादित बनाउन र यसको गरिमा बढाउन सबै सदस्यहरूले एकजुट हुने प्रतिबद्धता जनाएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।