कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५
364

रुपन्देही-सुजुकी टु ह्वीलर्सको मोटरसाईकल तथा स्कुटरहरूको भैरहवा क्षेत्रमा बिक्री बितरण गर्दै आइरहेको सिद्धार्थ मोटर्स कम्पनिले सुजुकीले हालै बजारमा ल्याएको नया स्कुटर सुजुकी बर्गम्यानको मंगलबारदेखि बिक्री तथा प्रवद्र्धन सुरु गरेको छ ।
१२५ सीसी इन्जिन क्षमताको यो स्कुटर अन्य कम्पनीको भन्दा आकर्षक र बलियो रहेको सिद्धार्थ मोटर्स भैरहवाका अध्यक्ष दिनेशमान अमात्यले बताए । एरोडाइनामिक डिजाइन, ५ दशमलब ६ लिटर पेट्रोल अटने, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्ज गर्न मिल्ने, एलईडी हेडलाइट जस्ता धेरै सुबिधा रहेकाले युवा–युवतीलाई मन पर्ने अमात्यले बताए । यो स्कुटरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ छ । वर्गम्यानको बिक्री तथा प्रवद्र्धन कार्यको सुरुवात सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले गरेका थिए । बिक्री प्रवद्र्धनको अवसरमा स्कुटरको -यालीसमेत आयोजना भएको थियो । पहिलो दिन ४ वटा स्कुटर बिक्री भएको र कम्पनिले बिक्रीसँगै, स्पेयर पार्टस र सर्भिस सेन्टर(थ्रि एस) सेवासमेत उपलब्ध रहेको जनाएको छ ।