कारोबार संवाददाता
मंगलबार, माघ २९, २०७५
600

बियर पारखीहरूको स्ट्रङ बियरप्रतिको चाहनालाई मध्यनजर गर्दै जावलाखेल ग्रुपअफ इन्डस्ट्रिज अन्तर्गतको राजब्रुअरिले प्रिमियम स्ट्रोङ बियर, माउन्टेन आइस उपभोक्तामाझ बजारमा ल्याएको छ । माउन्टेन आइसले बियर पारखीहरूलाई उनीहरूको स्वादको प्राथमिकताको आधारमा विशिष्ट प्रिमियम स्वादको उत्पादन बजारमा ल्याएको हो, अन्तर्राष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजन बाटउत्पादन गरिएको हुन्छ । ६.५ प्रतिशत अल्कोहल भोलुम र ६५० एमएलको बोतलको रु.२३० मूल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर– रियल टेस्ट रियल बियर’ को ट्यागलाइन सहित, स्ट्रङ, स्मुथ र रिफ्रेसिङ अनुभव प्रदान गर्ने भनि बजारमा ल्याईएको हो । ‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ बियर अनुभवको माग बियर पारखीहरूमा बढेकाले, त्यो मागको पूर्ति गर्न माउन्टेन आइस प्रिमियम ब्रान्ड र प्याकेजिङसहित ल्याइएको हो,” जावलाखेल ग्रुपअफ इन्डष्ट्रिजका प्रबन्धनिर्देशक राजबहादुर शाहले बताए । ‘स्ट्रङ बियरको माग दिन प्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरूको पहिलो रोजाइका लागि नै ल्याएको हो,” जावलाखेल गु्रपअफ इन्डस्ट्रिजका गु्रपकार्यकारी निर्देशकशसिन जोशीले बताए । राजधानी र नेपालका प्रमुख सहरहरूमा यसै महिनादेखि बिक्री वितरण सुरु हुने भए पनि नेपालभर भने केही समयमै सुरु हुनेछ ।