कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
698

काठमाडौं- काठमाडौंको पहिलो सपिङ मल सुरज आर्केड व्यापार सघको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले हेम स्वाँरको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा नरेश तुलाधर, महा–सचिवमा सुरेश श्रेष्ठ, सचिवमा सुवर्ण श्रेष्ठ, कोषाध्यक्षमा गणेश थापा क्षेत्री र सह–कोषाध्यक्षमा सुरेशकुमार खड्का चयन भएका छन् भने अन्य ५ व्यवसायी केन्द्रीय सदस्यमा पदमा र्निर्वाचित भएका छन् ।
उक्त साधारणसभाको सभापतित्व गरेका अध्यक्ष हेम स्वाँरले सुरज आर्केड व्यापार संघ मातहतका व्यवसायीबाट उच्च स्तरीय विदेशी उपभोग्य सामान उपलब्ध गराउन सफल हुँदै आएको जानकारी गराएका छन् । योसहित समान बिक्रीमा समेत पूर्ण मूल्यका भ्याट बिल जारी गरीएले व्यवसायीलाई धन्यवाद दिँदै राज्यको भ्याट असुलीमा व्यापार सघंको प्रत्यक्ष साझेदारी हुने बताइएको छ ।
कार्यक्रममा व्यापार सहजीकरण, लगानी मैत्री वातावरण, बैंक ब्याज तथा भन्सार जाँच पास सहजीकरणका विषयमा विभिन्न वक्ताहरूले आफ्नो धारण राखेका थिए । सुरज आर्केड सक्कली उपभोग्य सामान पाइने नामले बजारमा परीचीत हुदै गएको छ ।