कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
528

काठमाडौं- प्रिमियर स्टिल प्रालिले हालै पूर्वी नेपालमा आफ्नो उत्पादनको बिक्री वितरण प्रारम्भ गरेको छ । नेपाल गुणस्तर चिन्हप्राप्त कम्पनीले उत्पादन गरेको एफई ५०० छड विभिन्न साइजमा उपलब्ध छ । ८ एमएमदेखि ३२ एमएमसम्ममा उपलब्ध हुने प्रिमियर स्टिल उच्च गुणस्तरको रहेको कम्पनीको दाबी छ ।
प्राइमविलेटको मात्र प्रयोग गरी उत्पादन हुने हुँदा यो आफैंमा गुणस्तरीय छड बन्न पुगेको कुरा प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको थियो । उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डीको उत्पादन प्रतिघण्टा ४० टनका दरले उत्पादन गर्न सक्छ । कम्पनीले २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गर्ने गरेको छ । अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको जापानी प्रविधिको फलामे डन्डीको उत्पादन गर्दै आएको जनाएको छ ।
उद्योगमा पूर्ण स्वचालित रोलिङ प्रणाली भएकाले मानवजन्य गल्तीका कारण उत्पादन कमजोर नहुने र कम्प्युटर न्युमेरिकल कन्ट्रोल्ड मेसिनबाट यसको रिब डिजाइन र नोचिङ गरिने हुँदा सिमेन्टको मिश्रणसित बलियो बन्धनसमेत हुने भन्दै कम्पनीले प्रिमियर स्टिलमा भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम, उडिसाको रायगढ, झारखण्डस्थित जमसेदपुर र पश्चिमबंगालस्थित दुर्गापुरबाट कच्चापदार्थ प्राइमबिलेट ल्याई उत्पादन गर्ने गरिएको जनाएको छ ।