कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५
807

काठमाडौं-नेपालको जगदम्बा गु्रप्र र हार्डवेयरहरूको बृहत् सञ्जाल भएको राजेश हाडवेयरको संयुक्त लगानीमा वीरगन्जस्थित जगदम्बा कंक्रिटो उद्योगले नेपालमा युरोपियन प्रविधि प्रयोग गरी विविध प्रिकाष्ट वस्तुहरू उत्पादन गर्दै आइरहेकोमा हालै मात्र उक्त वस्तुहरूको गुणस्तर, प्रयोग विधि तथा फाइदाका लागि नेपालका सहरी विकासमन्त्री मोहमद इस्तियाक राईको प्रमुख आतिथ्यमा जगदम्बा कंक्रिटो प्रिभ्यु मिट सम्पन्न गरेको छ ।
यस उद्योगले ब्लक, ब्रिक, पेभर्स, कर्व, फ्याग टायललगायत थुप्रै उत्पादनहरू बिक्री वितरण गर्दै आइरहेको जानकारी दिँदै कम्पनीले उक्त कार्यक्रममा मन्त्री राईले यस किसिमका वस्तुहरूको प्रयोगले नेपाल वातावरण मैत्री हुनुका साथै विश्वस्तरीय संरचना बन्ने हुँदा लगानीको कुल लागतमा पनि बचत हुने भएकाले सम्पूर्ण सरकारी प्रयोजनाहरूमा यस किसिमका वस्तुहरू प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।