कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५
1415

 जाडो महिनालाई लक्षित गरी सीजीले नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरू ल्याएको छ । चिसो पानीबाट नुहाउने समस्या हलका लागि इलेक्ट्रिक गिजरहरूमा १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध गराएको भन्दै कम्पनीले यी गिजरहरूमा थर्मोस्टेट कन्ट्रोल र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने जस्ता विशेषताहरू रहेको पनि जनाएको छ । त्यस्तै ग्यास गिजरहरूमा विभिन्न रंगहरू तथा विविध विशेषताहरू रहेका र हेर्दा निकै नै आकर्षक देखिने यी गिजरहरू नेपालभरि सजिलै पाउन सक्ने पनि कम्पनीले जनाएको छ ।