कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५
2418

भारतको सुप्रसिद्ध व्यवसायी घराना रजत ग्रुप अफ कम्पनिज अन्तर्गतको निर्माण सामग्री एमकेजी ब्रान्डको बिक्री वितरण अब नेपालका लागि प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना एमभी दुगडअन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्स्ले गर्ने भएको छ । आधिकारिक विक्रेता भए लगत्तै अब दुगड ब्रदर्स एन्ड सन्स्ले स्मार्ट प्रविधिबाट छिटो र गुण्स्तरीय ढंगले मजबुदीलो निर्माण कार्यलाई मूर्तरूप दिने कुरामा निश्चिन्त रहेको बताएको छ । 

दुगड ब्रदर्स एन्ड सन्स्ले नेपालमा कंक्रिट उपकरण, स्टिल बेन्डिङ र कटिङ मसिन, पेसेन्जर कम मेटरियल एलिभेटर, रोलर तथा लाईट उपकरणतर्पm कंक्रिट भाइब्रेटर, ट्रावेल, स्याण्ड स्क्रिनिङ मेसिन गरी ५ किसिमका निर्माण उपकरण भित्र्याएको जनाएको छ ।

 

सातामा धेरै पढिएको