कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५
865

गुणस्तरीय घरायसी सामानहरूका उत्पादक कलर्सले नयाँ डिजाइन तथा मोडेलका इलेक्ट्रिक हेलोजिन हिटर तथा आयल फिन हिटरहरू बजारमा ल्याएको छ । जाडो मौसममा न्यानो बनाउनका साथै दिन प्रतिदिन बढिरहेको भन्दै चिसोको समस्याको एक उपयुक्त समाधानका रूपमा यसलाई प्रयोग गर्न सकिने जनाएको छ । कलर्सका इलेक्ट्रिक हेलोजिन हिटर तथा आयल फिन हिटरहरूको मूल्य मोडेलअनुसार न्यूनतम २ हजार २ सयदेखि १२ हजार ४ सय ९० रुपैयाँसम्म बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ । विद्युत् खपत कम हुने तथा उच्च गुणस्तरीय हिटरहररु उपभोक्ताहरूले ढुक्कसँग प्रयोग गर्न सक्नेसाथै यसका आकर्षक तथा सहज बनावटले कुनै समस्या बिना कोठाको शोभा बढाउनुको साथै स्टोरेज सहज रुपमा गर्न सकिने कम्पनीको दाबी छ । कलर्सका नयाँ इलेक्ट्रिक हेलोजिन हिटर तथा आयल फिन हिटरहरू हरूका साथै माइक्रोओभन, राइसकुकर, आइरन, केटल, मिक्सचर ग्राइन्डर, भ्याकुम क्लिनर, रेफ्रिजेरेटर आदि थुप्रै अन्य सामानहरू बजारमा सजिलै प्राप्त गर्न सकिने पनि कलर्सका आधिकारिक डिष्ट्रिब्युटर कम्पनी युनिभर्सल इलेक्ट्रोकमले जनाएको छ ।