कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५

भारतीय उद्योग परिसंघ (सीआईआई), नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक–२०१८ को आयोजनाका लागि जुटेको छ । प्रदर्शनी भक्तपुरको सल्लाघारीस्थित ओपन ग्राउन्डमा २२ देखि २४ नोभेम्बर २०१८ सम्म आयोजना हुनेछ । तीन दिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकहरूले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गर्नेछन् ।

171
कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५

भोजपुर उद्योग वाणिज्य संघको अध्यक्षमा धुव्रलाल श्रेष्ठ ३ सय १० मत प्राप्त गरी निर्वाचित भए । सोमबार सम्पन्न निर्वाचनमा श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी रामचन्द्र श्रेष्ठलाई ४३ मतले पराजित गरे ।

204
कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५

सीसीपीआईटी हेनान सब काउन्सिल र नेपाल–चीन उद्योग वाणिज्य संघबीच द्विपक्षीय समझदारी पत्रमा समेत हस्ताक्षर सम्पन्न भएको छ ।

106
कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५

नेपालका उद्योगलाई आवश्यक पर्ने फलपूmलको जुस, सिमेन्ट बनाउन प्रयोग हुने फलामको धुलो, र खरानी तेस्रो मुलुकबाट आयात भइरहेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ठूलो परिमाणमा यस प्रकारका सामग्री आयत गरिएको मेची भन्सार कार्यालय झापाको तथ्याङ्कले देखाएको छ ।

181
सरस्वती ढकाल
मंगलबार, मंसिर ४, २०७५

सरकारले चालू आर्थिक वर्षको बजेट तथा आर्थिक ऐनबाट भ्याट छुटको सुविधा हटाएको विरोधमा आन्दोलनरत कपडा उद्योगीहरूले उद्योग बन्दका सबै कार्यक्रम स्थगित गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडासँगको छलफलपछि उद्योगीहरू आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका हुन् । अर्थमन्त्रीले वैकल्पिक सुविधाका सम्बन्धमा अध्ययन गरी निर्णय गर्न १० दिनको समय माग गरेको र उद्योग बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरेकाले आन्दोलन स्थगित गरिएको कपडा उद्योग संघका उपाध्यक्ष जीतेन्द्र लोहियाले जानकारी दिए ।

230
नवराज कार्की
सोमवार, मंसिर ३, २०७५

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेमा कच्चा पदार्थ अभावमा १८ वर्षदेखि साबुन उद्योग बन्द छ । स्थानीय स्तरमा फल्ने रिठ्ठा, कचिण्डोलगायतबाट उत्पादन हुँदै आएको सुप्रेम साबुन उद्योग बन्द छ ।

244
कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

नेपाल मुद्रण उद्योेग महासंघको अध्यक्षमा पुष्कल गौतम निर्वाचित भएका छन् ।

182
कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

एयर प्रमुख मार्सल ट्रिटड सन्जेन्स्, थाई एयरवेज इन्टरनेसनल पब्लिक कम्पनीको निर्देशक बोर्डका उपाध्यक्षका साथै थाईका निर्देशक बोर्डका सबै सदस्य र थाई व्यवस्थापनद्वारा लुम्बिनी, नेपालमा अवस्थित रोयल थाई गुम्बाका ५० युवा लामा भिक्षुहरूलाई ब्लांगकेट वितरण गरिएको छ ।

233
कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५

संघको गत भदौ २५ गतेभित्र सबै उद्योगी, व्यवसायीलाई नवीकरण सकेर कार्यसमितीको बैठकले कात्तिक ३० मा अधिवेशन गर्ने मिति तय गरेको थियो । संघले तोकेको मितिभित्र ५१ प्रतिशत संघमा आबद्ध सदस्य, पान नम्बरवाला उद्योगी, व्यवसायीले नवीकरण गरेपश्चात् अधिवेशन गराउने प्रावधान छ । चुनावमा होमिएका उम्मेदवारहरू यतिबेला बजारका सबै पाननम्बर दर्ता गराएको उद्योगी, व्यवसायी, होटल, पसल, संस्थाहरूमा भोटका लागि दैलो घचघच्याउन पुगेका छन् ।

231
कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५

भारतको राजधानी दिल्लीमा जारी अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाएका नेपाली उत्पादनका स्टलमा अवलोकनकर्ताको निकै भीड लागेको बताइएको छ ।

1025
कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघद्वारा कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिताको चौथोदिन सम्म आगन्तुकहरूको निकै घुइँचो छ ।

227
कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दसंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्र्यो’ योजना सार्वजनिक गरेको थियो जुन भब्य रूपमा सम्पन्न भएको छ ।

167
कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५

कोही आगो फुक्दैछन, कोही ड्रममा पानी हाल्दैछन, कोही पराल काट्दैछन र कोही प्लाष्टिकमा राखेर रबर लगाउँदैछन पिकनिक झैँ लाग्ने यी दृश्यहरू बनेपा नगरपालिका–२ मा रहेको श्वेत बराह माध्यमिक विद्यालयको हो ।

150
कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५

कानुनतः नेपाल विद्युत नियमन आयोग स्वत सक्रिय भएको एक बर्षपछि आयोगका पदाधिकारी चयनका लागि प्रक्रिया अघि बढेको छ । २०७४ मंसिर २० देखि सक्रिय भएको नियमन आयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बल्ल पदाधिकारी चयनका लागि प्रक्रिया अघि बढाएको हो ।

165
कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५

नेपालमा कफी खपत बढ्दो दरमा देखिएको छ । व्यवस्थित क्याफे हाउस खुल्ने क्रम बढ्नु र उपभोक्तामा कफी पिउनुपर्छ भन्ने सचेतना बढेपछि कफीको कारोबार पनि वर्सेनि बढेको हो ।

211