कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

यात्रामा जोखिम नभए त्यसको मिठास नै हुदैँन जस्तो लाग्छ । यात्रामा मलाई भौतिक वस्तुभन्दा प्राकृतिक कुराले बढी तान्छ । मनसुन सुरु भइसकेपनि गत साता ट्रेकिङको योजना बन्यो । गन्तव्य तय भयो– च्छोरोल्पा हिमताल । सहयात्री बने लाक्पा छिरी शेर्पा दाइ र फिन्जु शेर्पा भाइ । माथिल्लो तामाकोशीको किनारैकिनार अनगिन्ती झरना, खहरे खोलाहरु पार गर्दै काठमाडौंबाट हिँडेको ३ दिनमा च्छो रोल्पा हिमताल पुगियो ।

1094