कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६

कुमारी बैंकको १७ औं तथा १८ औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरूलाई आव ०७३÷०७४ को लागि १२.७५ प्रतिशत बोनस सेयर र आव ०७४÷०७५ को लागि ८.५० प्रतिशत बोनस सेयर गरी जम्मा २१.२५ प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

247
कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । आव ०७४÷०७५ को वित्तीय विवरणबाट बोनस सेयर वितरण गरी बिमा समितिबाट निर्धारित समयावधिमा चुक्ता पुँजी पूरा गर्ने योजना रहे पनि एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस सेयर जारी गर्ने नसकिने अवस्था आएकाले सोको विकल्पमा १० सेयर बराबर २ सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न प्रस्ताव गरिएको बेहोरा अध्यक्ष मनोहर दास मूलले सभालाई जानकारी गराएका थिए ।

253
यादव हुमागाई
शुक्रवार, बैशाख २७, २०७६

सहकारी संस्थाहरूले जथाभावी ब्याजदर दिन थालेपछि सरकारले यसलाई नियन्त्रण गर्ने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोग भइरहेको ‘आधार ब्याजदर’ को अवधारणालाई परिमार्जन गरी बचत तथा ऋण सहकारीका लागि ‘सन्दर्भ ब्याजदर’ तोक्न लागिएको हो ।

1137
कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६

नेपाल राष्ट्र बैंकले आगामी बजेटमा आर्थिक स्थायित्वलाई ध्यान दिन सरकारलाई सुझाव दिएको छ ।

527
कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई– पेमेन्ट प्रणालीमा मंगलबारबाट कारोबार सुरु गर्ने गरी प्रोग्र्रेसिभ र सिटी एक्स्प्रेस फाइनान्सलाई उक्त प्रणालीमा आबद्ध गराएको जनाएको छ ।

230
कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्युरोड शाखाले मंगलबार पीपलबोट, भूगोल पार्क, काठमाडौँमा बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

222
कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६

सिद्घार्थ बैंकले सोमबार कालिमाटी शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको कालिमाटी शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाबाट संयुक्त रूपमा भएको थियो ।

208
कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६

एनआईसी एसिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच स्वदेश तथा बिभिन्न मुलुकहरूबाट आएको विप्रेषण रकम यस बैंकका देशभरि रहेका २ सय ८२ शाखा कार्यालय तथा४० वटा एक्सटेन्सन काउन्टरमार्फत सरल र सुलभ रूपमा ग्राहकले भुक्तानी पाउने गरी सम्झौता भएको छ ।

248
कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैंठकले संस्थागत समूहतर्फमा जनता बैंक लिमिटेडका कल्याण विक्रम पाण्डेलाई सञ्चालक नियुक्त गरिएको जनाएको छ । नवनियुक्त सञ्चालक पाण्डेलाई सञ्चालक समितिका अध्यक्ष सञ्जीव मानन्धरले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

203
कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६

बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप क्रमशः बैंकहरूमा फर्कन थालेको छ । चैतको तेस्रो साताबाट घट्न थालेको निक्षेप वैशाख दोस्रो सातासम्म पुग्दा पनि निरन्तर घटेको थियो । तर तेस्रो सातामा भने १ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

1474
कारोबार संवाददाता
बुधवार, बैशाख २५, २०७६

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको सल्लेरीमा १०२ औं शाखा सञ्चालनमा ल्याएकोे छ । यस शाखामार्फत बंैकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।

362
कारोबार संवाददाता
बुधवार, बैशाख २५, २०७६

‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आमजनता माझ विभिन्न बैैंकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरू भएको परिमार्जित, आधुनिक र सरल मोबाइल बैंकिड सोमबारदेखि प्रयोगमा ल्याएको छ ।

335
कारोबार संवाददाता
बुधवार, बैशाख २५, २०७६

ग्लोबल आईएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सुनसरी जिल्ला, कोसी गाउँपालिका–३, जमुवाचोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।

319
कारोबार संवाददाता
बुधवार, बैशाख २५, २०७६

जुम्ला जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्मालामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर सुरु भएको छ । कृषि विकास बैंकका सञ्चालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि क्षेत्रबहादुर सेजुवालले औपचारिक उद्घाटन गरेको उक्त कार्यक्रममा कृषि विकास बैंक क्षेत्रीय कार्यालय, नेपालगन्जका निर्देशक रामचन्द्र आचार्यले अध्यक्षता गरेका थिए ।

348
कारोबार संवाददाता
बुधवार, बैशाख २५, २०७६

सरकारले वित्तीय कारोबार गर्ने सहकारी संस्थाको अनुगमनका लागि छुट्टै निकाय गठन गर्ने भएको छ । अहिलेको संरचनाबाट सहकारीको अनुगमन प्रभावकारी नभएपछि सरकारले अनुगमनका लागि अर्को संयन्त्र बनाउन लागेको हो ।

476