भुवन पौडेल
मंगलबार, बैशाख ३१, २०७६

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूले कर्जा प्रवाह नियन्त्रण गरे पनि नाफा भने २० प्रतिशतले बढाएका छन् । यस अवधिमा बैंहरूले भद्र सहमति गरेर निक्षेपको ब्याजदर निश्चित गरे पनि कर्जाको ब्याज नघटाइ स्प्रेडमा खेलेर नाफा बढाएका हुन् ।

390
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

नेपाल सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी सुरु गरेको सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तीय साक्षरताको महत्वलाई साथ दिँदै सेञ्चुरी कमर्सियल बैंकले गाउँ–गाउँमा साक्षरता अभियान सुरु गरेको छ । यसै क्रममा पनौती नगरपालिका र बेथानचोक गाउँपालिकालाई लक्षित गरेर बैंकले पनौतीमा शनिबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको भन्दै बैंकले कार्यक्रम मुख्य विष्यवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानअन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जासम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विद्युतीय वित्त) सम्बन्धी जानकारीका दिइएको जनाएको छ ।

294
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष ०७३÷०७४ को मुनाफाबाट बैंकको चुक्तापुँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख ७९ हजार ३ सय १२ रुपैयाँ ८ पैसा बराबरको बोनस सेयर वितरण गर्ने र ०.५४ प्रतिशतका दरले हुन आउने ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ ६ पैसा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ०७४÷०७५ को मुनाफाबाट प्रतिसेयर ४.०५ प्रतिशतकाका दरले हुनआउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ ६५ पैसा मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले स्वीकृत गरेको छ ।

295
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

एभरेस्ट बैंकले मध्येम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । एभरेस्ट बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ५ सय ९९ रुपैयाँको होम लोन ल्याएको छ ।

273
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लानेक्रममा सिरहा जिल्ला, लहान नगरपालिका–४ स्थित लहान शाखा कार्यालयको औपचारिक उद्घाटन भएको छ ।उक्त शाखाको उद्घाटन लहान नगरपालिका कार्यालयका मेयर मुन्नी साह सुडीले दीप प्रज्वलनका साथ गरेका थिए । बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरू, व्यवसायीतथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

205
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले एसियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सुविधाहरू अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् भन्दै मेगा बैंकका देशभरका १ सय २ शाखाबाट एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने पनि जनाएको छ ।

152
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

ब्यावसायिक कृषिको माध्यमद्वारा ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने बेमौसमी तालिम सम्पन्न गरेको छ । दुप्चेश्वर गाउँपालिकाको सातबिसेस्थित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरूलाई तालिम दिइएको संस्थाले जनाएको छ ।

138
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाउँपालिकामा आफ्नो ८० औं शाखा विस्तार गरेको छ । देवानगन्ज गाँउपालिका–२ स्थित देवानगन्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्नेछ ।बैंक परिसरभित्रै केही समयमा नै एटीएम सेवा पनि सञ्चालनमा ल्याउने पनि बैंकले जनायो ।

172
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सानिमा बैंक, सशस्त्रप्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिकप्रहरी सेवा, नक्सालद्वारा संयुक्त रूपमा नक्साल, नारायणचौरस्थित नन्दिकेश्वर बगैंचा सरसफाइ गरेको छ ।

142
कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६

ग्लोबल आईएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका–६ माडी बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या १३७ पुगेको भन्दै बैंकले सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तवरले सबै प्रकारका बैंकिङ सेवा प्रदान गर्ने पनि जनाएको छ ।

223
कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था प्रधान कार्यालय, बुटवलको आयोजनामा वैशाख १३ र १४ गते बुटवलमा तालिम सम्पन्न भएकोे छ । नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका पूर्वसिनियर डाइरेक्टर डा. केदार रायमाझी स्रोत व्यक्ति रहेको उक्त तालिमको उद्घाटन तथा समापन संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले गरेका थिए ।

217
कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६

सिटिजन्स बैंक इन्टरनेसनलले हाल सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य सम्पादन गर्दै आएका समीरप्रसाद दाहाललाई वैशाख २० गतेबाट लागू हुने गरी यस बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

279
कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६

महालक्ष्मीविकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्र्दै आइरहेकोमा डडेलधुरा शाखाले मातातीर्थ औंसीका दिन शाखा प्राङ्गणमा एक कार्यक्रम आयोजना गरेको थियो ।

274
दिलबहादुर केसी
शुक्रवार, बैशाख २७, २०७६

दोलखामा बृहत् सहकारी सम्मेलन आज (शुक्रबार)देखि चरिकोटमा हुने भएको छ । सहकारी सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजकसमेत रहेका दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए । बृहत सहकारी सम्मेलन मूल आयोजक समितिले विहीबार एक विज्ञप्ति जारी गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा भूमी व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागीताका लागि मन्त्री अर्याल सहितका अतिथिहरु दोलखा आइसकेको आयोजकले जानकारी दिएको छ ।

260
कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६

सिद्धार्थ इन्स्योरेन्सले काठमाडौंको स्वयम्भू तथा बुटवलको ट्राफिक चोकमा आफ्नो शाखाहरू सञ्चालनमा ल्याएको छ । स्वयम्भू शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री, उपप्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ एवं नायव महाप्रबन्धक मुरारी रेग्मीद्वारा संयुक्त रूपमा शाखा सञ्चालनको शुभारम्भ गरेको थियो ।

248