कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार काठमाडौं उपत्यकाभित्र आफ्नो १८ औं शाखाको रूपमा काठमाडौंको मनमैजुमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरू तथा विशेषगरी कृषि व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

549
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

राष्ट्रिय स्तरको वेस्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बैंकर तोयराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार अधिकारीलाई सीईओमा नियुक्ति गरिएको भन्दै फाइनान्सले सीईओ अधिकारीले साउन १८ गतेदेखि आफ्नो पदीय जिम्मेवारी सम्हालेको पनि जनाएको छ ।

447
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

नेपाल राष्ट्र बैंकले ग्रामीण स्वावलम्बन कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने भएको छ । अर्थ मन्त्रालयले ग्रामीण स्वावलम्बन कोष सञ्चालन निर्देशिका २०७४ स्वीकृत गरी लागू गरेपछि केन्द्रीय बैंकले थप प्रभावकारी रूपमा कोष सञ्चालन गर्ने भएको हो ।

1009
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२ औं वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले निर्जीबन बिमा कम्पनीहरूमध्ये प्रभु इन्स्योरेन्सको व्यवशाय औसत भए तापनि दाबी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरू धेरै राम्रो रहेको र कम्पनीको अवस्था धेरै राम्रो रहेको बताए ।

735
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे आइतबार सम्झौता भएको छ ।

920
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

माछापुछ्रे बैंकको संस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोटवासीहरूको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुछ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरी शनिबार हस्तान्तरण गरेको छ ।

853
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

कैलाश विकास बैंकले शुक्रबार नवलपरासी जिल्लाको बर्दघाटमा आफ्नो ६० औँ शाखा स्थापना गरी कारोवारको शुभारम्भ गरेको छ ।

617
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

पर्वत जिल्लाको कूश्मामा केन्द्रीय कार्यालय रही हाल १० जिल्लामा २१ वटा शाखा कार्यालयमार्फत लघुवित्त कार्यक्रम विस्तार गर्न सफल जनसेवी लघुवित्त वित्तीय संस्थाको आव २०७४/७५ को वार्षिक समीक्षा तथा आव २०७५/७६ को रणनीतिसम्बन्धी १ दिवसीय गोष्ठी पोखरामा सम्पन्न भयो ।

483
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवद्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीको सेवा विस्तार गर्ने क्रममा बैंक खाताबाट सिधै गरिने अनलाइन रकम ट्रान्सफरको सेवा पनि सञ्चालनमा ल्याइएको जनाएको छ ।

2162
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

पोखराको सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक र्ष ०७४÷०७५ मा ३ करोड ९१ लाख मुनाफा (आम्दानी) गर्न सफल भएको छ । गत वर्ष करिब १ अर्बको कारोबार गर्दा उक्त मुनाफा गर्न सफल भएको संस्थाका प्रवन्ध सञ्चालक धर्मप्रसाद बास्तोलाले बताए ।

355
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङ जिल्लाको टंकी सिनुुवारीमा आफ्नो थप नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले शुक्रबारदेखि उक्त शाखाको विधिवत रूपमा उद्घाटन गरी कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठले संयुुक्त रूपमा गरेका थिए ।

655
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

नेपाल बैंक लिमिटेड प्यूठान शाखाले ४ गुणाले नाफा वृद्धि गरेको छ । आर्थिक वर्ष ०७३/७४ को तुलनामा गत आर्थिक ०७४/७५ मा नाफामा उल्लेख्य वृद्धि गरेको हो । आर्थिक वर्ष ०७४/७५ मा १ करोड २ लाख ७५ हजार ८ सय रुपैयाँ नाफा गरेको बैंकका शाखा प्रबन्धक नरेन्द्रकुमार मिश्रले बताए । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा बैंकले २६ लाख २५ हजार रुपैयाँ नाफा गरेको थियो ।

835
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्नो सामाजिक संस्थापक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश नं. ६ मा रहेका बिभिन्न जिल्लाका शिक्षा, स्वास्थ्यबाट बञ्चित ४० जना अनाथ, असहाय तथा अपांग बालबालिकाको जिम्मेवारी लिई सगरमाथा प्रतिष्ठान नेपालद्वारा चोभार ६, कीर्तिपुरमा सञ्चालित हेल्पलेस चिल्डे«न होमलाई त्यहाँ रहेका ४० जना बालबालिकाको १ वर्षका लागि आवश्यक पर्ने विद्यालय शुल्क तथा औषधोपचार खर्चको निमित्त एकमुष्ट ३ लाख रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

675
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

नेपाल बंगलादेश बैंक र भिवान्त डेन्टल अस्पताल, काठमाडौंबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

528
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

मेगा बैंक नेपाल लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सानिमा लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक केशवराज केसीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

344