कारोबार संवाददाता
बिहिवार, चैत्र ६, २०७६

कृषि विकास बैंक र काठमाडौं महानगरपालिकाबीच माइतीघर मण्डला सुधारका लागि सम्झौता भयो । बैंकका कामु उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाडौं महानगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

414
कारोबार संवाददाता
बिहिवार, चैत्र ६, २०७६

चालु आर्थिक वर्षको सात महिनामा विप्रेशण अप्रबाहमा गिरावट आएको छ । चालू आवको माघसम्ममा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटी ५१३ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रबाहमा कमी आएको छ भने मूल्य वृद्धि बढेको छ । २०७६ माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो ।

341
कारोबार संवाददाता
बिहिवार, चैत्र ६, २०७६

एशियाली विकास बैक (एडीबी) ले कोरोनाको महामारीबाट परेको असरको न्यूनीकरणका लागि ६.५ विलियन डलर अर्थात ७ खर्ब रुपैयाँ बराबरको सहायता प्याकेज घोषणा गरेको छ । कोरोनाको महामारीबाट विकासोन्मुख देशका सदस्य राष्ट्रहरुमा देखिएको असरको तत्कालीन सम्बोधनका लागि एडीबीले यस्तो प्याकेज घोषणा गरेको हो ।

782
कारोबार संवाददाता
बिहिवार, चैत्र ६, २०७६

विश्व बैक समूहले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई बचाउनका लागि १४ अर्ब डलर अर्थात करिब १५ खर्ब नेपाली रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सञ्चालक समितिको बुधबार बसेको बैठकले थप १४ अर्ब अमेरिकी डलरको द्रुत वित्तीयकरण प्याकेज दिने निर्णय गरेको छ । यो सहायता विभिन्न राष्ट्रहरु र कम्पनीहरुलाई तीव्र गतिमा फैलिरहेको कोरोनाको निरोध, पहिचान तथा सम्बोधनका लागि उपलब्ध हुनुका साथै यस प्याकेजअन्र्तगत जनस्वास्थ्य सतर्कता राष्ट्रिय प्रणाली सुदृढीकरणअन्तर्गत रोग नियन्त्रण, उपचार र निदान र निजी क्षेत्रलाई सहयोग गर्ने आईएफसीले जनाएको छ ।

361
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

मेगा बैंक नेपालले धरानमा महिला उद्यमीहरूलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जासम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

421
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

एभरेस्ट बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा हालसालै शिक्षामा सीएसआरको पहलअन्तर्गत टिच फर नेपाललाई सहयोग पु-याउन चेक हस्तान्तरण गरेको छ ।

338
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

सनराइज बैंकले ‘सन्राइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको जनाएको छ । विदेशमा बस्ने गैरआवासीय नेपालीहरूलाई केन्द्रित गरी ल्याइएको यस खातामा गैरआवासीय नेपालीहरूले विदेशमा कमाएको पैसा सनराइज बैंकमा एफसीवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने भन्दै बैकले जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि बिना झन्झट विदेशमा फिर्ता लान सकिने पनि जनाएको छ ।

665
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र बालुवाटारस्थित टेस्ला डायगनोस्टिक क्लिनिककाबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

379
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।

391
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

संघीय सांसदहरुले नै सहकारीबाट ठगिएको गुनासो गरेका छन् । सहकारीका विषयमा छलफल गर्न मंगलबार कृषि सहकारी तथा प्राकृतिक श्रोत साधान समिति अन्तर्गत कृषि सहकारी उपसमितिको छलफल कार्यक्रममा उपस्थित सांसदहरुले सहकारीले नियमनलाई बलियो बनाउनुपर्ने बताए । सांसद ज्ञानकुमारी छन्त्यालले सहकारी संस्थामा आफ्नो सेयर डुबेको गुनासो गरिन् । “म आफै सहकारीबाट ठगिएको छुँ” उनले भनिन्, “सहकारी ठगी नियन्त्रण गर्नका लागि अनुगमन प्रभावकारी बनाउन जरुरी छ ।”

366
भुवन पौडेल
बुधवार, चैत्र ५, २०७६

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल बुधबारदेखि सकिएको छ । गैरबैंकिङ क्षेत्रको पृष्ठभूमिबाट केन्द्रीय बैंकको नेतृत्वमा पुगे पनि वित्तीय प्रणालीलाई सही दिशा दिन सफल १६ औं गभर्नरका रूपमा आफ्नो छाप छोड्दै नेपालले आफ्नो कार्यकाल पूरा गरेका छन् । आफूलाई नियुक्त गरेको सरकार नहुँदा पनि वित्तीय प्रणालीका लागि हित हुने निर्णय एकपछि अर्को गर्दै आएका गभर्नर नेपालले आफ्नो निर्णय फिर्ता नै लिनु परेको भन्ने अवस्था रहेन । फरक राजनीतिक पार्टीको सरकार भएको अवस्थामा पनि आफ्ना निर्णयहरूको पूर्ण कार्यान्वयनमा कुनै सम्झौता नगरेका नेपाल आफ्नो कार्यकालमा केही विषयमा भने चुकेको देखिन्छ । खासगरी वामपन्थी सरकारले बजारको बढ्दो व्याजदरको सन्दर्भमा चासो देखाएर केही विवादित भएका गभर्नर नेपालले मौद्रिक नीतिमार्फत त्यसलाइ पनि सुरक्षित अवतरणको प्रयास गरे ।

537
कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६

सिभिल बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको टोखामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंकको टोखा शाखाको उद्घाटन गरे ।

353
कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच १ लाख रुपैयाँको चेक आसमानलाई हस्तान्तरण गरिएको हो ।

310
कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६

बैंक अफ काठमाण्डूले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरूको कार्यविधि बनाइ सञ्चालन गर्दै आइरहेको छ ।

298
कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६

सिभिल बैंक लिमिटेड र विवेक अटोमोबाइल्सबीच व्यावसायिक सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोबाइल्सका तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरे ।

391