कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ । नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय सस्थाहरुले नै लिन छाडेका छन् ।

425
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ जना सहायकस्तरका उम्मेदवारलाई ४ दिने अभिमुखीकरण तथा फिल्ड अवधारणा तालिम बुधबार विराटनगरमा सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भागनारायण साहु, विभागीय प्रमुहरू ऋषिप्रसाद न्यौपाने, रोशनकुमार राउत र कृष्णबहादुर खड्काले छुट्टाछट्टै विषयमा प्रशिक्षण दिए ।

252
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

महालक्ष्मी विकास बैंक लि.ले बैकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आउनेक्रममा बुधबारदेखि कास्की जिल्लाको, पोखरा महानगरपालिका वडा नम्बर ०९, नयाँबजार, पोखरामा नयाँ शाखा कार्यालय बिस्तार गरि बैकिङ कारोबार सञ्चालनमा ल्याएको जनाएको छ ।

149
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गरी बुधबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । धरानमा बुधबार आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिकृत वित्तीय कारोबारको औपचारिक सुभारम्भ गरिन् ।

157
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु-याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२औं शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ । बुधबार एक समारोहका बीच बैंकका संचालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले रिवन काटी उक्त शाखाको उद्घाटन गरेका थिए ।

127
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमिले आ. व. २०७५-७६ मा ५० लाख ८५ हजार २ सय ६८ रुपैंया ९३ पैसा खुद नाफा गरेको जनाएको छ ।

207
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

कृषि विकास बैंक पुतलीसड्कको आयोजनामा राष्द्रिय वाणिज्य दिवसको उपलक्ष्यमो शंकरदेव क्याम्पस विधार्थी अल्मुनाईको आयोजनामा शंकरदेव क्याम्पसमा आयोजित कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत क्याम्पसका कक्षा कोठामा राख्न ५० थान भित्तेघडी क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरेको बैकले जनाएको छ । ।

194
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

एटीएमठगीअध्ययनका लागि गठित समितिले दीर्घकालीन र अल्पकालीन समस्याहरूका समाधान औंल्याएर बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरलाई प्रतिवेदन बुझाएको हो । समितिले फरेन्सिक इन्भेष्टिगेसन गर्न सुझाव दिएपछि विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी नेप्सले सिंगापुर र हङकङबाट फरेन्सिकविज्ञ बोलाइसकेको छ ।

332
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व.०७५-७६ को वार्षिक कार्यक्रम तथा वजेट समीक्षा गोष्ठी भाद्र १४ र १५ गते वुटवलमा सम्पन्न भएको छ । प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले गोष्ठी उद्घाटनका क्रममा आफ्नो मनतब्य राख्दै अघिल्लो समीक्षा गोष्ठीमा भएका निर्णयहरूको कार्यान्वयन पक्षको विश्लेषण गर्नुका साथै समीक्षा अवधिमा लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेका सूचकांकहरूका वारे खुलस्त छलफल गरी त्यसमा सुधार ल्याउन आवश्यक रहेको बताए ।

407
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

काठमाडौं जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वर अवस्थित प्रभु बैंक लि.को शाखाकार्यालय का.जि.का.मन.पा. वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण गरेको बैकले जनाएको छ ।

298
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

नबिल बैंकले विगतदेखि नै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बिमा सुविधा प्रदान गर्दै आएकोमा यसका अतिरिक्त व्यक्तिगत बचत खाता ग्राहकलाई १० लाखसम्मको सामुहिक व्यक्तिगत दुर्घटना बिमा योजना ल्याएको जनाएको छ ।

248
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यव्रmमहरु गर्र्दै आउनेक्रममा भाटभटेनि शाखाले सोमबार हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा पशुपति मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुकालागि शुद्घ पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।

235
रजनी श्रेष्ठ
बुधवार, भदौ १८, २०७६

एटिएम ह्याक गर्ने चिनियाँ नागरिकहरुलाई बैंकिङ कसूर मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । तर चाडबाडको लामो छुट्टि नजिकिदै जाँदा नेपाली बैंकिङ सुरक्षा प्रणालीमा शनिबार अचानक देखिएको खतरा भने टरेको छैन ।

407
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

नेपाल बैंक लि.(नेवैलि ) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. (एनविआई ) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एन.बी.आईले नेपाल बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्रमा नेपाल बैंक लि. का तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले बैकको प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरेका थिए ।

277
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

मेगा बैंक नेपाल लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच ‘क्वीक भुक्तानी’ सेवा प्रयोगका लागि सम्झौता भएको छ ।

278