कारोबार संवाददाता
मंगलबार, फाल्गुन २१, २०७५

लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) द्वारा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । उनको निवास पोखरा पर्साङमा पुगेर एलआईसी नेपालको एक टिमले कम्पनीको नियमअनुसार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीको परिवारजनलाई बिमाको मृत्यु दाबी रकम भुक्तानी गरेको हो । मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दृर्घटनामा परी मृत्यु भएका कारण १२ लाख ६९ हजार ५ सय रुपैयाँबराबरको चेक उनकी धर्मपत्नी विद्या भट्टराईलाई पोखराका शाखा प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गरेका हुन् ।

2351
कारोबार संवाददाता
सोमवार, फाल्गुन २०, २०७५

माछापुछ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोकस्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटीएमको औपचारिक सुरुवात गरेको छ ।

481
विप्लव काफ्ले
सोमवार, फाल्गुन २०, २०७५

उद्योगी व्यवसायीले ब्याजदर घटाउन माग गरेका छन् । चितवन चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा उद्योगी व्यवसायीहरूले चर्को ब्याजदरले आफूहरू मारमा परेको बताएका हुन् ।

632
कारोबार संवाददाता
आइतवार, फाल्गुन १९, २०७५

ग्राहकवर्गहरूको सुरक्षा र निश्चिन्तताका लागि नवीनतम जीवन बिमा योजनाहरू ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बिमा नामक नयाँ योजना नेपालीहरू माझ प्रस्तुत गरेको छ ।

472
कारोबार संवाददाता
आइतवार, फाल्गुन १९, २०७५

कृषि क्षेत्रमा लगानी वृद्धि गर्नका साथै कृषकलाई आवश्यक सेवा दिन विशिष्ट प्रकृतिको वित्तीय संस्था स्थापना गर्ने घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न दोस्रो साना किसान सम्मेलनले विशिष्टकृत संस्थामार्फत उद्यम एवं पूर्वाधार विकाससँगै कृषि मूल्य शृङ्खला प्रवद्र्धन गर्न आवश्यक प्राविधिक सेवा, वित्त र अनुदान व्यवस्थाका गर्ने घोषणा गरेको हो ।

608
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १६, २०७५

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरे ।

466
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १६, २०७५

सहकारीहरूको छाता संगठन राष्ट्रिय सहकारी महासंघले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका वृद्धि हुने गरी संस्थाहरूको क्षमता विकास गर्ने भएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा महासंघले प्रारम्भिक संस्थाहरूको क्षमता विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

486
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १६, २०७५

आफ्नो नियमनको दायरामा रहेका सहकारी संस्थाले समयमै विवरण नबुझाएपछि काठमाडौं महानगरपालिका सहकारी विभागले कारबाहीको चेतावनी दिएको छ । विभागले सूचना प्रकाशित गरी समयमै साधारणभा नगर्ने र प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाहीको चेतावनी दिएको हो । अधिकांश सहकारीले समयमै वार्षिक साधारणसभा गरेर विवरण नबुझाएकाले सूचनामार्फत सचेत गराइएको र अटेर गर्ने संस्थालाई कारबाही गर्ने तयारी भइरहेको महानगरपालिकाको सहकारी विभागका प्रमुख नवराज ढकालले बताए ।

574
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १४, २०७५

नेपाल बंगलादेश बैंक र नेपाल क्यान्सर अस्पताल, हरिसिद्धी ललितपुरबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

592
मनिषा चम्लागाईँ
मंगलबार, फाल्गुन १४, २०७५

बैंक तथा वित्तीय संस्थाले गरेको ब्याजदर वृद्धिको विरोध गर्दै उद्योगी–व्यवसायी आन्दोलनमा छन् । आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सहज बनाउन सम्बन्धित क्षेत्रका सरोकारवाला जुटेका छन् ।

1877
कारोबार संवाददाता
सोमवार, फाल्गुन १३, २०७५

जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर र स्तन क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

516
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

ग्लोबल आईएमई बैंकले सर्वाधिक ब्याजदर १०.२५ प्रतिशतसहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरूमध्ये सबैभन्दा बढी १०.२५ प्रतिशत ब्याजदर रहेको भन्दै बैंकले फागुन ११ गतेदेखि खरिद गर्न सकिने गरी १५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको जनाएको छ ।

696
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले ८ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थाको ब्याजदर नघटेपछि व्यवसायिकको चर्को दवावपछि केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा पुनर्कर्जाको ब्याजदर घटाउने निर्णयलाई बुधबार निर्देशन मार्फत कार्यान्वयन सुरु गरेको हो ।

696
कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा मंगलबार एक कार्यक्रमबीच बालविकास समाजलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बालविकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरिएको थियो ।

457
कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

अजोड इन्स्योरेन्स र मेगा बैंक नेपाल लिमिटेडबीच सहकार्य गर्दै बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

540