भुवन पौडेल
बिहिवार, जेठ २, २०७६

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २० प्रतिशतले नाफा बढाएका बैंकलाई चौथो त्रैमासमा सोही अनुपातमा नाफा कमाउन भने सकस पर्ने भएको छ । चैतमा बैंकहरूले आधार ब्याजदर घटाएको र स्प्रेड दर पनि ४.७५ प्रतिशतमा झारेको हुनाले नाफा घट्ने भएको हो ।

386
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

सनराइज बैंक तथा बैंक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ । चीनको गान्सु प्रान्तले होटल सोल्टी क्राउन प्लाजा, काठमाडौंमा आयोजना गरेको भव्य कार्यक्रमबीच गान्सु प्रान्तका गभर्नर टाङ रेनजियान, कृृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल, प्रदेश नं. ३ मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा हस्ताक्षर भएको छ ।

156
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

ग्रामीण तथा दुर्गम स्थानहरु साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एसिया बैंकले ताप्लेजुङ जिल्ला, फुङलिङ्ग नगरपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

133
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

95
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा सोमबार तथा मंगलबार रुपन्देही जिल्लामा दुई नयाँ शाखाहरू–क्रमशः रोहिणी गाउँपालिका–३, स्थित धकधई शाखा तथा ओम सतीया गाउँपालिका–१, स्थित ठुटीपीपल शाखाको औपचारिक उद्घाटन गरेको छ ।

105
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

कैलाश विकास बैंक सिरहाको बेलाहा शाखाको वार्षिक उत्सवको उपलक्ष्यमा विद्यालयलाई साइकल वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–१२, बेलहास्थित विष्णु चरण श्रेष्ठ माविका उत्कृष्ट विद्यार्थीहरूलाई साइकल वितरण गरेको जनाएको छ ।

59
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

66
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

छिमेक लघुवित्त वित्तीय संस्थाको १७ औंं वार्षिक साधारणसभा हेटांैडाको होटल सामनामा सोमबार वित्तीय संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।

70
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भरतपुर आँखा अस्पताल, चितवनलाई २ लाख ६० हजार रुपैयाँबराबरको २० थान थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योति संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरेका थिए । भरतपुर आँखाअस्पताल नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गैर नाफामूलक अस्पताल हो ।

260
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

कामना सेवा विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौताअनुुसार कामना सेवा विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूवाट बैंकका ग्राहकहरूले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

209
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

नविल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौताअनुुसार

226
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

सनराइज बैंक तथा बैंक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ । चीनको गान्सु प्रान्तले होटल सोल्टी क्राउन प्लाजा, काठमाडौंमा आयोजना गरेको भव्य कार्यक्रमबीच गान्सु प्रान्तका गभर्नर टाङ रेनजियान, कृृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल, प्रदेश नं. ३ मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात् नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकहरूबीच आपसी सहयोग, समानता तथा दुईपक्षीय हितका कार्यहरू अघि बढाउने सहमति भएको छ ।

233
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त र किसान माइक्रोफाइनान्स एक आपसमा मर्जमा भइ राष्ट्रियस्तरको लघुवित्त कम्पनी बन्ने भएका छन् । तीन संस्थाले सोमबार एक आपसमा मर्जर हुने सम्झौतासमेत गरिसकेका छन् । सम्झौतापत्रमा मिर्मिरेका अध्यक्ष टेकबहादुर बोहरा, नागबेलीका दीपबहादुर श्रेष्ठ र किसानका नेत्रप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

251
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

सहकारीको नमूना जिल्लाका रूपमा परिचित दोलखामा सहकारी संस्थाहरूले साढे ८ अर्ब पुँजी संकलन गरेका छन् । जिल्लामा सहकारीको सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि कारोबारसमेत वृद्धि भएको हो ।

236
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका–७, तेबाङमा १३३ औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका–४, मुढा बजारमा १३४ औँ, बाग्लुङ्ग जिल्लाको बाग्लुङ नगरपालिका–१४, हटियामा १३औँ, सिराहा जिल्लाको अर्नामा गाउँपालिका–३, रामजानकी बजारमा १३६ औँ, पाल्पाजिल्लाको पुर्वखोला गाउँपालिका–४, देवीनगरमा १३७ औँ र बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–७, रेश नुन्थलामा १३८ औँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

153