कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

ग्लोबल आईएमई बैंकले आइतबारदेखि पाल्पा जिल्लाको तानसेन तथा काठमाडौं जिल्लाको जोरपाटीमा थप २ नयाँ शाखा विस्तार गरेको छ ।

2003
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

शिखर इन्स्योरेन्स र स्टयान्डर्ड चार्टर्ड बैंक नेपालबीच बैंकासुरेन्स सम्झौता भएको छ । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र स्टयान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

1176
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

काठमाडौंको कलंकीमा एनसीसी बैंकको शाखा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले शुक्रबार शाखाको विधिवत उद्घाटन गरे ।

820
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

कुमारी बैंकले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । भाइबर बैंकिङ सेवामार्फत ग्राहक महानुभावहरु तथा समस्त भाइबर सेवा प्रयोगकर्ताहरुले सहजै कुनै पनि बेला आफ्नो खाताको विवरण, खाताको कारोबार, कर्जा सुविधा, कार्ड सुविधा, खाताका किसिम, ब्याजदर, बैंकका शाखा, एटीएमसम्बन्धी जानकारी साथै अन्य बैंकिङ सेवाहरु निःशुल्क लिन सक्नेछन् ।

1238
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले काठमाडौं महानगरपालिका–३, महाराजगन्जमा एनसीसी बैंकको शाखाको एक कार्यक्रमका बिहीबारका दिन विधिवत् उद्घाटन गरे ।

1171
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

प्रमुख अथिति काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच बिहीबार संयुक्त रूपमा ज्योति विकास बैंकको ठमेल शाखा कार्यालय उद्घाटन भयो । निकट भविष्यमा नै १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य रहेको भन्दे बैंकले सञ्चालनमा आएको दसौं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे जनाएको छ ।

1106
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

ग्लोबल आईएमई बैंकले बुधबारदेखि कपिलवस्तु जिल्लाको कपिलवस्तु नरपालिका–९ जगदीशपुरमा आफ्नो ६६औं र बिहीबार नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्लाको हुप्पसीकोट गाउँपालिका– ४, झ्यालबासमा ६७ औं तथा सोही जिल्लाको कावासोती नगरपालिका–४ हसौरामा ६८ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

1223
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले माघ १५ गते अर्घाखाँची जिल्लाको छत्रगन्जबाट नयाँ शाखाको औपचारिक शुभारम्भ गरेको छ

999
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

वाणिज्य बैंकहरूले १० प्रतिशतले मुनाफा बढाएका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले गत वर्षको ६ महिनाको तुलनामा मुनाफा १० दशमलव २७ प्रतिशतले बढाएका हुन् । चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरूले २२ अर्ब ९८ करोड ३७ लाख रूपैयाँ मुनाफा आर्जन गरेका छन् । यो मुनाफा गतवर्षको पुस मसान्तसम्म २० अर्ब ८४ करोड ३७ लाख रूपैयाँ थियो । सबैभन्दा धेरै मुनाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिलले दोस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकलाई ७३ लाख रूपैयाँले उछिनेको छ । नबिलले ६ महिनामा १ अर्ब ८३ करोड रूपैयाँ मुनाफा कमाएको छ ।

1189
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

कैलाश विकास बंैकको नेपालका सबै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यअनुरुप सुदूरपश्चिमको औद्योगिक तथा व्यापारिक नगरी तथा प्रदेश नं. ७ को वर्तमान राजधानी कैलाली जिल्लाको धनगढीमा आफ्नो ४३ औं शाखा स्थापना गरी सोमबारदेखि कारोबारको शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ नेपाल राष्ट्र बैंकका कामु निर्देशक रमेश आचार्यले गरको बैंकले जनाएको छ ।

947
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

प्रमुख अथिति नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा विशेष अतिथि दमक नगरपालिका–६ का अधक्ष्य टेकबहादुर थापाद्वारा एक कार्यक्रमकाबीच मंगलबार संयुक्त रूपमा ज्योति विकास बैंक दमक शाखा कार्यालयको उद्घाटन गरे ।

934
यादव हुमागाई
बुधवार, माघ १७, २०७४

सरकारले स्थानीय सरकारलाई सहकारी हस्तान्तरण प्रक्रिया बिहीबारबाट सुरु गर्ने भएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार मकवानपुरमा औपचारिक कार्यक्रम गरी गढी गाउँपालिकाबाट सहकारी हस्तान्तरण सुरु गर्न लागेको हो । संघीय संरचनामा सहकारी संघ–संस्था दर्तादेखि नियमनसम्मको अधिकार स्थानीय सरकारलाई दिइएको छ ।

5589
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

सानिमा बैंकले आइतबार पोखराको अमरसिंह, बगर र बिरौटासाथै सोमबार दाङको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा थप बिस्तार गरेको छ ।

1143
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

एनआईसी एसिया बैंकले चालू आव ०७/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको जनाएको छ । बैंकले गत वर्षको सोही अवधिको ०.८९ अर्ब रुपैयाँ मुनाफाको तुलनामा चालू वर्ष १.१२ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोबारमार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्ने पनि बैंकको दाबी छ । साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्छ । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता ३२.८३ करोड रुपैयाँ भएको हुनाले ७२.१४ करोड खुद मुनाफा भएकोमा चालू आवको दोस्रो त्रैमासिकमा बंैकले ५७.१७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको छ । चालू आवमा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोड रुपैयाँको वृद्धिका बाबजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक छ ।

980
यादव हुमागाई
मंगलबार, माघ १६, २०७४

सहकारी संघ–संस्थामा पनि १० लाख रुपैयाँभन्दा बढी रकम कारोबार गर्दा रकमको स्रोत खुलाउनुपर्ने भएको छ । सहकारी विभागले सोमबार सहकारी संघ–संस्थाका लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन जारी गर्दै स्रोत खुलाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

2248