कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

सहकारी विभागले ठूला सहकारीबाट सहकारी ऐनको कार्यान्वयन गर्ने भएको छ । ऐन कार्यान्वयनका लागि सूचना जारी गर्ने र ठूला सहकारीबाट त्यसको कार्यान्वयनबारे अनुगमन गर्ने रजिष्टार केशव रेग्मीले जानकारी दिए । “सहकारी ऐनको व्यवस्थाबारे विभिन्न सूचना जारी गर्दैछौं” रजिष्टार रेग्मीले भने, “त्यसपछि ठूला सहकारीबाट कार्यान्वयन गराउँछौं ।”

900
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

सनराइज बैंकले बैंक सञ्चालनको १० वर्ष पुगेको अवसरमा वर्ष भरिनै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकोमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार लुभु, बूढानीलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगन्जमा अवस्थित विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरूलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

905
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

मनीचेन्जरहरूले विदेशी पर्यकलाई प्वाइन्ट अफ सेल (पीओएस–पोस)मार्फत विदेशी मुद्रा साटिदिने भएका छन् । नेपाल राष्ट्र बैकले मंगलबार सूचना जारी गर्दै विदेशी पर्यटकलाई पोसमार्फत विदेशी मुद्रा सटही गरीदिन मनी चेञ्जरहरूलाई भनेको हो ।

1775
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

ओम डेभलपमेन्ट बैंकले एकैदिन काठमाडौंमा ३ वटा नयाँ शाखाको उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा काठमाडौंको गोंगबु, बानेश्वर र ललितपुरको सातदोबाटो शाखाको फरक–फरक कार्यक्रमबीच मंगलबार विधिवत् उद्घाटन भएको हो ।

939
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचारसमेत पाउनबाट बञ्चित दृष्टिविहीनहरूको हितलाई मध्यनजर गर्दै नबिल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा मंगलबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

985
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच मंगलबार बैंकासुरेन्सको सम्झौता भएको छ ।

948
नीरज पिठाकोटे
बुधवार, चैत्र ७, २०७४

ग्रामीण क्षेत्रका निम्न आर्थिक स्तर भएका समुदायलाई आयआर्जनमा सहभागी गराएर आर्थिक स्तर सुधार गर्ने अवधारणाले स्थापित समुदायमा आधारित लघुवित्त विकास बैंकहरूको लगानी पर्सामा भने जोखिममा परेको छ ।

1622
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

एनआईसी एसिया बैंकले म्याक्स मनीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट फागुन २७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीर नाथ पाण्डेले बताए ।

829
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

देशको आर्थिक विकास र समृद्धिको नारा चर्की राखेको अवस्थामा अझै पनि धेरै निजी क्षेत्रका बैंक तथा वित्तीय क्षेत्रहरूको आर्थिक कारोबार केन्द्र वा संघ राज्यबाटै हुने गरेको अवस्थामा नबिल बैंकले नयाँढंगले सुरुवात गरेको छ । नबिल बैंकले प्रदेश नम्बर ४ मा पहिलो पटक आफ्नो प्रादेशिक कार्यालय स्थापना गरेर यहाँको आर्थिक विकास समृद्धिमा टेवा पु¥याउने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बताए ।

979
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईबाट एभरेस्ट बैंकको विराटनगर शाखाको नवर्निमित भवनको औपचारिक समुद्घाटन सम्पन्न भएको छ ।

999
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

पोखरा लेखनाथ महानगरपालिका न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं वर्ष प्रवेशको उपलक्ष्यमा संस्थाले प्रधान कार्यालयको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

1226
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदबाट दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको जनाएको छ ।

2635
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा विभिन्न वाणिज्य बैंकहरूमा लामो समय अनुभव हासिल गरी २०७३ मंसिर १९ गते बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत प्रद्युमन पोखरेललाई आगामी चार वर्षका लागि नियुक्त गरेको छ ।

1070
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

नेपालस्थित आईएमई र भारतस्थित मुथुत फाइनान्सले बिहीबारदेखि भारत–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् ।

1487
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

डिभिजन सहकारी कार्यालय धादिङले ३ सय १९ वटा प्रारम्भिक सहकारी संस्था १३ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कार्यालयले शनिबार र आइतबार स्थानीय तहका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष-उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखाका अधिकृतहरूका लागि अभिमुखीकरण तालिम दिएर ती सहकारी संस्था हस्तान्तरण गरिएको हो ।

1784