कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

नबिल बैंकले आफ्नो ३४ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न सामाजिक तथा आन्तरिक क्रियाकलापहरू आयोजना गरी मनाउने क्रममा उपत्यकामा कार्यरत कर्मचारीहरूबीच धन्यन्तरी फुटसल मैदानमा शनिबार बैंकका विभिन्न विभाग तथा शाखाहरूबीच फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।

929
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंगलबार सोलुखुम्बुको थुलुङ दूधकोसी, ताप्लेजुङको पाथीभारा यांगवारक गाउँपालिका र सिधिङवा गाउँपालिका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा आफ्नो ५ नयाँशाखा सञ्चालनमा ल्याएकोे छ । यस नयाँशाखाको साथ,लक्ष्मी बैंकको शाखा सञ्जाल ९४, ४६ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ अनि ४ सयभन्दा बढी मोबाइल एजेन्टहरू पुगेको छ ।

760
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

सिभिल बैंकले जीवनबिमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाललाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

658
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

सिटिजन्स बैंक इन्टरनेसनलले सोमबार महानगरीय प्रहरी परिसर, ललितपुरलाई ७ लाख २० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले ७ लाख २० हजार रुपैयाँको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरलाई हस्तान्तरण गरे ।

516
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

नेपाल बैंक लिमिटेडले नेपाल सरकारको वित्तीय पहँुंच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउन देशका अति दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तार गर्ने क्रममा गत आर्थिक वर्षमा पाल्हिनन्दन (नवलपरासी पश्चिम) घर्तीगाउँ (रोल्पा) रुकुमकोट (रुकुम) शान्तिपुर (गुल्मी) हरिपुर (सर्लाही) भण्डारा (चितवन)जोरपाटी, कोटेश्वर, महाराजगन्ज (काठमाडौं) लगायतका ९ स्थानमा शाखा स्थापना गरी बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

1326
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

एनआईसी एसिया बैंकले नेसनल लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

778
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रूपमा देशकै दोस्रो ठूलो बैंकका रूपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताए ।

931
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

डडेल्धुराका विभिन्न स्थानीय तहमा बैंकहरूले शाखा विस्तार गर्न थालेका छन् । नेपाल सरकारको नीतिअनुरुप डडेल्धुराका स्थानीय तहमा बैंकहरूले आफ्ना शाखा स्थापना गर्न थालेका हुन् ।

1083
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

कैलाश विकास बैंकले शुक्रबार नवलपरासी जिल्लाको कावासोतीमा आफ्नो ५७ औं शाखा स्थापना गरी कारोवार सुरु गरेको छ । उक्त शाखाको उद्घाटन कावसोती नगरपालिकाका नगर प्रमुख मतिचन्द्र कुमारी पुनले गरिन् ।

753
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

नबिल बैंकले एसियन नेट कम्पनी लिमिटेड, जापानस“ग विप्रेषणको कारोबारका लागि सहकार्य गर्न लागेको कुरा सगर्व जानकारी गराउन चाहन्छौं । यस सहकार्यको माध्यमबाट जापानमा रहेका नेपालीहरूले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपालभरि जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तीय संस्थाहरूको खातामा नबिल बैंकमार्फत रकम पठाउन सक्नेछन् ।

950
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

एनएमबी बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको विश्लेषण गरेपश्चात् नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो ।

1998
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

रुकुम पश्चिम आठबीसकोट नगरपालिकाले आर्थिक रूपमा विपन्न परिवारका लागि एक सहकारी संस्थामा सेयर लगानी गरिदिएको छ । नगरपालिकाले प्रतिपरिवार ५ हजारका दरले नगरभरका ६ सय ७३ विपन्न परिवारका लागि आठबीसकोट बचत तथा ऋण सहकारी संस्थामा सेयर लगानी गरिदिएको हो ।

662
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

एनआई सी एशिया बैंक लिमिटेडले सुर्या लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंककाग्राहकमहानुभावहरुले मुलुकभर फैलिएकाबैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमासुर्या लाईफइन्स्योरेन्स कम्पनीको जिवनबिमापोलिसीहरु खरिदगर्न सकिनेछ ।

703
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २९ औ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

903
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरूका लागि लघुवित्त र त्यसका आधारभूत पक्षका बारेमा ज्ञान दिलाउने उद्देश्यले ५ दिने लघुवित्त व्यवस्थापन तालिम दिएको छ । बुधबारदेखि आइतबारसम्म जारी रहने यो तालिमको संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले उद्घाटन गरेको पनि कम्पनीले जनाएको छ ।

877