कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकले आफ्नो अधिकृत पुँजी ५० करोड पु¥याउने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी बढाउन वा त्यसका लागि मर्जरमा जान दिएको निर्देशनका क्रममा कर्णालीले एक्लै आफ्नो पुँजी ५० करोड पु¥याउने निर्णय गरेको हो ।

700
यादव हुमागाई
बुधवार, असार २०, २०७५

सरकारले मंगलबार थप ९ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले बचत फिर्ता गर्न नसकेका स्ट्याण्डर्ड, प्यासिफिक, प्रभु, कोहिनुर हिल, कन्जुमर, कुवेर, चाटर्ड र भेगास बचत तथा ऋणका साथै स्ट्यान्डर्ड मल्टिप्रपोज को—अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको हो ।

2138
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

युनाइटेड फाइनान्सको नर्भिक इन्टरनेसनल अस्पतालभित्र रहेको एटीएम लाउन्जमा अत्याधुनिक प्रविधिसहित टच स्क्रिन एटीएम मेसिनको सोमबार कम्पनीका सञ्चालक विष्णुकुमार अग्रवालद्वारा विधिवत रूपमा उद्घाटन गरिएको छ ।

976
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

एनएमबी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग बिभिन्न सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने विशेष सम्झौता गरेको छ ।

755
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

ग्लोबल आईएमई बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सोमबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

784
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

सांग्रिला डेभलपमेन्ट बैंकले आइतबार काठमाडौंमा तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले २ अर्ब ४४ करोड ५२ लाख ५६ हजार ६ सय चुक्ता पंँुजी भएको सांग्रिलाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आव ०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पुँजीको २.५० प्रतिशतबराबरको बोनस सेयर तथा ९.३० प्रतिशत नगद लाभांश वितरण गरिने पारित गरेको छ ।

698
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

ओम डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०७३÷७४ मा वितरण गरेको १७.६९ प्रतिशत अर्थात् ३७ लाख ८१ हजार ७३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

647
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

ग्लोबल आईएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका– ९, मंगलटारस्थित मंगलजन विजय माध्यमिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले बैंकले एक कार्यक्रमकाबीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको जनाएको छ ।

637
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

कृषि विकास बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार कृषि विकास बैंकका उपभोक्तालाई इन्टरनेटमार्फत बैंकिङ सुविधा एफवान सफ्टले उपलब्ध गराउने जनाइएको छ ।

576
कारोबार संवाददाता
आइतवार, असार १७, २०७५

बोनस र हकप्रद सेयरमा पुँजीगत कर लगाउने बारे निर्णय गर्न अझै समय लाग्ने भएको छ । पुँजीगत लाभकरको उयुक्त समाधान खोज्न गठन भएको कार्यदललाई दिएको समय सकिए पनि प्रतिवेदन नबुझाएपछि झनै ढिला हुने भएको हो ।

1115
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि तथा पशुपन्छी कर्जाको सिमा ५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले व्यावसायीक कृषि तथा पशुपन्छी कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि अनुसार गठन भएको केन्द्रीय समन्वय तथा अनुगमन समितिको बैठकले ३ अर्बको सिमालाई ५ अर्ब पु¥याएको केन्द्रीय बैंकले जनाएको छ ।

1145
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

दमौली बचत तथा ऋण सहकारीको साढे ४ करोड रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका पदाधिकारी र कर्मचारी पुर्पक्षका लागि थुनामा गएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको बुधबारको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका हुन् ।

1073
कारोबार संवाददाता
बिहिवार, असार १४, २०७५

लगानीकर्तालाई सवल, सूचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरूका प्रदान गर्दै आएको एनआईसी एसिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ ।

922
कारोबार संवाददाता
बिहिवार, असार १४, २०७५

मुक्तिनाथ विकास बैंकले रेनो कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुपअन्तर्गतको थापाथली काठमाडौंस्थित एड्भान्सड अटोमोबाइल्ससँग रेनो ब्रान्डका विभिन्न मोडेलका सवारी साधन लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

749
कारोबार संवाददाता
बिहिवार, असार १४, २०७५

ज्योति विकास बैंकले चितवनको पर्सामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच असार १३ गतेका दिन संयुक्त रूपमा उद्घाटन गरे ।

733