कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

सबैका लागि बैंक भन्ने मुल नाराका साथ स्थापना भएको ग्लोबल आईएमई बैंकले, विज्ञान प्रविधिका नयाँ–नयाँ आयामहरूलाई भियाउने क्रममा अनलाइनमार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ ।

912
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

एनआईसी एसिया बैंकको नयाँशाखा प्यूठान नगरपालिका–४, जुम्रीस्थित जुम्री शाखाको बुधबार एक समारोहकाबीच प्यूठान उद्योग वाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट विधिवत् रूपमा औपचारिक उद्घाटन भयो ।

880
भुवन पौडेल
बुधवार, कार्तिक २९, २०७४

बैंकहरूले पुँजी वढाएको अनुपातमा लगानी गर्न नसकेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको इक्विटीमा प्रतिफल (आरओई) घटेपछि बैंकहरूले लगानी गर्न नसकेको देखिएको हो । चालू आवको पहिलो त्रैमासमा बैंकहरूको वास्तविक वित्तीय अवस्थालाई चित्रित गर्ने आरओई घटेको छ । यो अवधिमा बैंकहरूले ४२ प्रतिशतले पुँजी वढाएका छन् भने नाफा ३ प्रतिशतले मात्र बढाएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए ।

921
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था समस्यामा पर्दा सहयोग गर्न स्थिरीकरण कोषको अवधारणा अघि आएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) ले कोषको स्थापना गर्न धेरै अघिदेखि तयारी थाले पनि कानुनी अड्चन देखाउँदै सहकारी विभागले अनुमति दिएको थिएन । सहकारी ऐन–२०७४ मा बचत तथा ऋण कारोबार गर्ने संघसंस्था मिलेर कोष बनाउन सक्ने र सहकारी संस्थामा तरलताको अभाव हुँदा वा समस्याग्रस्त हुँदा सापटि दिन सकिने व्यवस्था गरिएको छ ।

2532
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

भूकम्प प्रभावितका लागि बैंक तथा वित्तीय संस्थाले दिने निब्र्याजी सामूहिक जमानी कर्जाको बिमा हुने भएको छ । सरकारले भूकम्प प्रभावितका घर निर्माणका लागि दिने निब्र्याजी कर्जाको लागत भुक्तानी कोष खडा गरी बिमा गर्ने भएको हो । अर्थ मन्त्रालयले भूकम्प प्रभावितलाई सामूहिक जमानीमा निब्र्याजी कर्जा प्रवाह गर्न कार्यविधि तयार गरी कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकलाई बुधबार पठाएको छ ।

1328
कारोबार संवाददाता
मंगलबार, कार्तिक २१, २०७४

सर्वसाधारणको बचत फिर्ता गर्न नसकी चार वर्षअघि नै बन्द भएको ओरेन्टल सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन–२०७४ बमोजिम सोमबार संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । ऐनको दफा १०४ अनुसार सहकारी विभागका रजिष्टारको सिफारिसमा ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरिएको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

1785
कारोबार संवाददाता
सोमवार, कार्तिक १३, २०७४

वैदेशिक रोजगारीमा जाने कामदारले नेपाल पठाउने रेमिट्यान्सको वृद्धिदर घटेको छ । भदौमा रेमिट्यान्स आउनेक्रम घटेर ०.७ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.६ प्रतिशतले बढेको थियो तर, चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ ।

1087
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १०, २०७४

लघुवित्त विकास बैंकहरूको संख्या वृद्धिसँगै सर्वसाधारणको पहुँच पनि वृद्धि भएको छ । एक वर्षको अवधिमा लघुवित्तबाट सेवा लिने ग्राहकको संख्या साढे ४ लाख वृद्धि भएको हो । लघुवित्त संस्थाहरूको संख्या र पहुँच वृद्धि भएसँगै सदस्यहरूको संख्या पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०७३ असारसम्ममा लघुवित्त संस्थाहरूको ग्राहक १८ लाख ९८ हजार रहेकोमा ०७४ असारसम्ममा बढेर २३ लाख ३८ हजार पुगेको छ ।

876
मुना कुँवर
बुधवार, कार्तिक १, २०७४

चालू आवका लागि सरकारले पूर्वी नपालदेखि सुदुर पश्चिमका जिल्लाहरू छनोट गरेको छ । जसमा बझाङ, बाजुरा, हुम्ला, मुगु, डोल्पा, कालीकोट, रुकुम, अर्घाखाँची, प्युठान, कपिलबस्तु, रामेछाप, सिरहा, खोटाङ र भोजुपर परेका छन् । यी जिल्लाहरूमा चालू आवमा नै कार्यक्रम सञ्चालन गर्ने तयारी भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका लेखा प्रमुख शालिकराम पराजुलीले जानकारी दिए ।

1047
कारोबार संवाददाता
मंगलबार, आश्विन ३१, २०७४

नेसनल बैंकिङ इन्स्टिच्युट र लक्ष्मी बैंकबीच असोज ९ गते तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जसअनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउनेछ ।

746
भुवन पौडेल
बुधवार, आश्विन २५, २०७४

काठमाडौं: बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेपछि ‘डिपोजिट कलेक्सन’को माग बढेको छ । केन्द्रीय बैंकले आइतबार निष्कासन गरेको ५ अर्बको डिपोजिट कलेक्सनमा ८ अर्बको आवेदन परेसँगै निक्षेप बढेको पुष्टि भएको हो । यसबाट ब्याज घट्ने क्रम पनि सुरु भएको छ । बैंकहरूले उच्च ब्याजदरमा संकलन गरेको निक्षेपमा पनि ब्याजदर घटाएरै कर्जा दिन थालेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए ।

924
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

काठमाडौं: सरकारले विश्व बैंकसँग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि दिने अनुदान रकम नुपग्ने भएपछि विश्व बैंकसँग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको हो । मंगलबारदेखि अमेरिकाको वासिङ्टन डिसीमा सुरु भएको विश्व बैंकको वार्षिक गभर्नर्स बैठकमा नेपालले थप ३० अर्ब रुपैयाँ ऋण दिनका लागि अनुरोध गर्ने अर्थसचिव डा. शान्तराज सुवेदीले जानकारी दिए । बैंकले केही दिन अघिमात्र शासकीय सुधारलगायत अन्य क्षेत्रमा १५ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

879
कारोबार संवाददाता
मंगलबार, श्रावण १०, २०७४

नेपाल इन्भेस्टमेन्ट बैंकले बैंक अफ द इयरको पुरस्कार पाएको छ । बैंकले लन्डनको फाइनान्सियल टाइम्सबाट बैंक अफ द इयरको पुरस्कार पाएको यो पाँचौं पटक हो ।  बैंक 'अफ द इयर' पाँचौं पटक प्राप्त गर्ने नेपालको पहिलो बैंक हो ।   

1176
कारोबार संवाददाता
आइतवार, आश्विन २२, २०७४

नेपालको सहकारी क्षेत्रको अवस्था कहालीलाग्दो छ । सञ्चालकहरूमा वित्तीय व्यवस्थापन तथा सञ्चालन प्रणालीको समुचित ज्ञानको अभावका कारण नै सहकारी क्षेत्रले जोखिम बेहोर्नुपरेको हो ।

2008
कारोबार संवाददाता
बिहिवार, आश्विन २६, २०७४

एनआईबीएल क्यापिटलले पहिलो पटक सामूहिक लगानी कोषको खुलामुखी योजना सञ्चालन गर्ने भएको छ । क्यापिटलले ५० करोड रुपैयाँबराबरको खुलामुखी योजना सञ्चालनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा समेत निवेदन दिएको छ ।

889