कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

सिटिजन्स बैंक इन्टरनेसनलले कमल निम्न माध्यमिक विद्यालयलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

902
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

प्यूठानमा सञ्चालित महिला सहकारी संस्थाहरू सफल बन्दै गएका छन् । ग्रामीण क्षेत्रका महिलाले आयआर्जन गरेको रकम बचत गरी उनीहरूको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएका सहकारीहरू अहिले आत्मनिर्भरसँगै नमुना सहकारीको रूपमा परिचित भएका हुन् । ०६२-६३ सालदेखि जिल्लाका विभिन्न क्षेत्रमा महिलाकै सक्रियतामा सहकारीहरू सञ्चालित हुँदै आएका छन् । महिलाको समूह मिलेर गठन गरिएका सहकारीले आफ्नै भवनसमेत निर्माण गरी काम थालेका छन् ।

704
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

एनआईसी एसिया बैंकले नवलपुर जिल्लाको गैंडाकोटस्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मंगलबार नयाँ शाखाको गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रूपमा गरेका थिए ।

696
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

मेगा बैंक नेपाल लिमिटेडले नयाँ वर्षको अवसर पारेर ग्राहकहरूलाई बचत र मुद्दती खातामा नयाँ अफरहरू ल्याएको छ । मेगा बैंकले ग्राहकहरूको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता सञ्चालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरू निःशुल्क पाइने भएका छन् ।

771
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

कुमारी बैंक लिमिटेडको १७ औं वार्षिकोत्सवको सुखद उपलक्ष्यमा बैंकको बिरगञ्ज शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा महानगरपलिकाका मेयर विजयकुमार सरावगी तथा शाखा प्रबन्धक राजेशप्रसादले वीरगन्ज शाखा परिसरमा १० वटा बिरुवा रोपेका थिए ।

1256
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

एभरेस्ट बैंकले ०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा नेपाली पर्यटन र कलासंस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने फोटाहरू प्रयोग भएका छन् । मंगलबार चैत २७ गते सार्वजनिक भएको उक्त क्यालेन्डरको थिम ‘स्थानीय जात्रा’ छ ।

873
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

बेस्ट फाइनान्सले सिनर्जी फाइनान्स कम्पनीलाई एक्वायर गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले १ः१ सेयर स्वाप रेसियोमा एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो ।

734
यादव हुमागाई
बुधवार, चैत्र २८, २०७४

नेपाल राष्ट्र बैंकबाट लघुवित्तको कारोबार गर्ने इजाजत पाएका गैरसरकारी संस्थाको लघुवित्त विकास बैंकमा स्तरोन्नति अन्योलमा परेको छ । राष्ट्र बैंकले गैससहरुलाई बैंकमा स्तरोन्नतिका लागि पछिल्लो पटक २०७४ चैतसम्मको समय दिएको थियो । उक्त समयसीमा सकिन लाग्दा पनि गैससहरु बैंकमा स्तरोन्नति नहुने देखिएको हो ।

935
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

सिद्घार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंक र उक्त इन्स्योरेन्सबीच एक विशेष कार्यक्रमकाबीच सो सम्झौतापत्र हस्ताक्षर सम्पन्न भयो ।

942
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

एनआईसी एसिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका–६, चोक बजार, चितवनस्थित गीतानगर–चोकबजार शाखाको सोमबार एक समारोहकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल एवं बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालबाट संयुक्त रूपमा विधिवत् उद्घाटन भयो ।

756
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

लक्ष्मी बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदानगर्ने उद्देश्यसहित भेरिफाइडबाइ भीसा, थ्रीडी सेक्योर सर्भिसद्वारा सुनिश्चितता प्रदान गरिएकोे भिसा डेबिट कार्डहरू ल्याएको जनाएको छ ।

584
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

बर्दियामा दर्ता भई सञ्चालनमा रहेका ३ सय ५६ सहकारी संस्था स्थानीय तहमा हस्तान्तण गरिएको छ । जिल्लामा सक्रिय रहेका ४ सय १ मध्ये ३ सय ५६ सहकारीलाई जिल्लाका ८ वटा स्थानीय तहमा हस्तान्तण गरिसकिएको छ भने ४५ वटा सहकारीलाई प्रदेश रजिस्ट्रारको कार्यालयलाई हस्तान्तरण गर्ने तयारी थालिएको छ ।

1764
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

एक दिनको बास, ज्यानको जोखिम, फजुल खर्च, समयै सेवा नपाइनु जुम्ली नागरिकका वर्षौंदेखिका कष्ट हुन् । अहिलेसम्म पनि ती दुःख फेरिएका छैनन् । सेवा पाए पनि घन्टौ लाइनमा बस्नुपर्ने बाध्यता, पैदल हिँडी रातो पिरो अनुहारमा बैंकमा पुग्दा छिटोछरितो सेवा नपाउने दुःख अहिले नागरिकले भोगिरहेका छन् ।

621
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

ओम डेभलपमेन्ट बैंकको चितवनको चनौली र मकवानपुरको हेटौंडा शाखाको फरक–फरक कार्यक्रमबीच विधिवत् उद्घाटन भएको छ । चनौली शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले भीमनगर माविका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्तिको घोषणा गर्दै शाखाको उद्घाटन गरे ।

828
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

कुमारी बैंकले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ । नर्भिक हस्पिटलद्वारा उक्त कार्यक्रमका निम्ति ३० प्रतिशत छुट उपलब्ध गरेको जनाउँदै बैंकले उक्त कार्यक्रममा बैंकका कर्मचारी एवं ग्राहकहरूको उल्लेखनीय योगदान रहेको बताएको छ ।

806