कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

ओम डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका–२ को अर्चलबोट आमा समूहलाई डस्टबिन, कुचोलगायत विविध सरसफाई सामग्री प्रदान गरेको छ ।

971
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

नेपाल बंगलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, बिहीबार वडा नं ३ आठराई गाउँपालिका, ह्वाकु, तेह्रथुमस्थित सरस्वती माध्यमिक विद्यालयलाई ४ लाख १३ हजार रुपैयाँबराबरको विज्ञान प्रयोगशालाका सामग्रीहरू हस्तान्तरण गरेको थियो ।

865
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

जनता बैंक नेपाल लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट मीनाकुमारी सैजुलाई सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

1031
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

ग्लोबल आईएमई बैंक र बयोधा अस्पतालबीच बिहीबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

883
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

गण्डकी विकास बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गतका दुई छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरेको छ ।

580
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकको निक्षेप संकलन बढेको छ । बैंकले चालू आर्थिक वर्षको तीन महिनामा २ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो । यो गत वर्षको सोही अवधिको तुलनामा ७३ करोड ८९ लाखले बढी हो । गत आर्थिक वर्ष ०७४÷७५ को असोज मसान्तसम्म २ अर्ब १८ करोड ८९ लाख निक्षेप संकलन भएको थियो ।

828
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

बझाङ जिल्ला बुंगल नगरपालिका–४ मा कृषि विकास बैंकको नयाँ शाखाको औपचारिक उदघाटन आइतबार कृषि विकास बैंकका सञ्चालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले संयुक्त रूपमा गरे । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक बैंकिङ कार्यालय, बझाङका प्रवन्धक नवराज बूढाले गरेका थिए ।

736
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

साझेदार लघुवित्त संस्थाहरूको सहभागितामा आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मंगलबार वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा प्रदेश नं २ र ३ मा अवस्थित १३ वटा साझेदार लघुवित्त संस्थाहरूका अध्यक्ष, सञ्चालक सदस्य, कार्यकारी प्रमुखलगायत २३ जना उच्च पदाधिकारीहरूको सहभागिता थियो ।

1209
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

राष्ट्रिय वाणिज्य बैंकको आव २०७५/७५ को प्रथम त्रैमास (असोज मसान्त) को वित्तीय अवस्था सार्वजनिक भएकोे छ । प्रकाशित वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ११ करोड ९० लाख रुपैयाँ मुनाफा आर्जन गरी मुलुकभरका वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा आर्जन गर्ने बैंकको रूपमा अग्रस्थान हासिल गरेको छ ।

862
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

843
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

ग्लोबल आईएमई बैंकले मंगलबार गोंगबु क्षेत्रमा क्रियाशील होटल व्यवसायीहरूकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता एंव अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

856
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

सहकारी संस्थाहरुको ब्याजदर नियन्त्रणका लागि सरकारले ‘सन्दर्भ ब्याजदर’ तोक्ने भएको छ । सहकारीहरुले जथाभावी ब्याजदर लिएको गुनासो बढेपछि यसलाई नियन्त्रण सन्दर्भ ब्याजदरको व्यवस्था लागू गर्न लागिएको हो । सहकारी ऐनअनुसार बन्ने समितिले सन्दर्भ ब्याजदर निर्धारण गरेपछि त्यसैका आधारमा संस्थाहरुले ब्याजदर निर्धारण गर्नेछन् । यसबाट सहकारी संस्थाले जथाभावी ब्याज लिने प्रवृत्ति रोक्न सकिने दाबी छ ।

1429
भुवन पौडेल
बिहिवार, मंसिर ६, २०७५

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले नेपालको बैंकिङ प्रणालीको खराब कर्जालाई शंकाको घेरमा राखे पनि बैंकको खराब कर्जा भने झनै घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नै बैंकहरूको खराब कर्जा घटेर औसत १.४५ प्रतिशतमा झरेको छ । आईएमएफले नेपाली बैंकहरूले आक्रामक कर्जा प्रवाह गर्दा पनि खराब कर्जाको अंक दक्षिण एसियाकै कम हुनु भनेको विश्वासयोग्य नभएको बताउँदै आएको छ । तर, नेपाली बैंकहरूले भने खराब कर्जाको अंश घटाउँदै लगेका हुन् ।

1505
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्रान्डको तीनचक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा जनकपुरमा रहेको अशोक ट्रेडर्स र महागणपति अटो सेल्स प्रालिसँग सम्झौता सम्पन्न भएको छ ।

872
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत नेपाल आयोजना कार्यान्वयनको लागि आयोजना कार्यान्वयन एकाइका रूपमा सहायतासम्बन्धी कार्य गर्ने भएको छ ।

1010