कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

एनआईसी एसिया बैंकको दुई नयाँ शाखा कार्यालयहरू सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ स्थित खाँडीचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीबाट तथा पाँचखाल४, समाज कल्याण चोकस्थित पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलबाट सोमबार उद्घाटन भएको छ ।

925
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा सोमबार बारा जिल्ला, प्रसौनी गाउँपालिका–२, स्थित प्रसौनी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । प्रसौनी शाखाको उद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले दीप प्रज्वलनका साथ गरेका थिए ।

917
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

सिभिल बैंक लिमिटेडले आफ्नो आठौंैं वार्षिकोत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम, रक्तदान कार्यक्रमहरू तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरूको आयोजना गरी मनाएको छ ।

1066
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

एसियाली विकास बैंक (एडीबी) ले सहरी क्षेत्रको खानेपानी आपूर्ति तथा ऊर्जा क्षेत्रका लागि करिब १७ अर्ब रूपैयाँको ऋण सहायता गरेको छ ।

967
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

नेपाल महिला चेम्बरले राजधनीमा आइतबार ‘वित्तीय साक्षरता तालिम कार्यक्रम’ को आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले महिलाहरूको वित्तीय ज्ञान र त्यसको सही सदुपयोग हुन सकेमा देश समृद्धिको बाटोमा अघि बढ्ने कुरा बताए । महिलाको वित्तीय चेतना, जागरण र साक्षरता देशको समृद्धिको मूल आधार भएको कुरा उनले उल्लेख गरे ।

1067
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका तर्फबाट नायव कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

879
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा तीन लाख रुपैयाँ बराबरको बिमा सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा आइतबारदेखि नै लागू भएको काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

1081
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरूलाई सीसीडी रेसियोमा बार्गेनिड नगर्न निर्देशन दिएका छन् । पछिल्लो समय लगानीयोग्य रकमको अभाव भएकाले सीसीडी रेसियो खुकुलो पार्न बैंकहरूले अनुरोध गरिरहेका थिए । तर, गभर्नर डा. नेपालले निक्षेप बढाउन नसक्ने अनि मागे जति ऋण खुरुखुर दिएर थप ऋण दिने पैसा छैन भन्दै बैंकरहरूले रोइलो गरेकोमा आपत्ति जनाए ।

829
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।

1059
अमृता राई
आइतवार, मंसिर ९, २०७५

पछिल्ला दिनमा ऋणपत्रको बिक्री वितरणलाई प्रमुख प्राथमिकतामा राख्दै आएका बैंकहरुको भीडमा सिद्धार्थ बैंक पनि थपिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त बैंकलाई रु २ अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको छ ।

865
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूको महान चाड विजया दशमी, शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा ग्राहकहरू माझ ‘खुसीको पर्व’ योजना ल्याएको थियो । उक्त योजना कात्तिक मसान्तबाट समापन भएको छ । खुसीको पर्व योजनाअन्तर्गत आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका आफन्तले विदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकमनै प्राप्त गरेका थिए ।

901
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एसिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह«्र्रथुमको म्याग्लुङ बजारमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनरको प्रमुख आथित्यता तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको विशेष आथित्यतामा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

850
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

संघीय कानुनअनुसार सरकारले सहकारीको अधिकार स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि अनुगमन भने प्रभावकारी हुन सकेको छैन ।

1171
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ओखलढुंगाको सिद्धिचरणन गरपालिका–११ मा रहेको युनाइटेड मिसन टु नेपाल ओखलढुंगा सामदुायिक अस्पतालका लागि अटोमेटिक एक्टर्नल डिफ्रिब्रिलेटर मेसिन हस्तान्तरण गरेको जनाएको छ ।

751
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा बिहीबार झापा जिल्ला, दमक नगरपालिका–७, दमक बजारस्थित दमक शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दमक शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले दीप प्रज्वलनका साथ गरेका थिए ।

691