कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरूलाई कूल ऋण लगानीको १० प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्न निर्देशन दिएको थियो ।

887
कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५

पोखरा फाइनान्स लिमिटेडले आव २०७४र७५ को लाभांश वितरणका लागि २२ औं वार्षिक साधारणसभामार्फत हालको चुक्ता पुँजी रु. ८१.६४ करोडको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४५ (नगद लाभांश ८.६८४५, बोनस सेयर ५५) पारित गरेको छ ।

1726
कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा मंगलबारबाट कारोबार सुरु गर्ने गरी बैंक अफ काठमाण्डू, कुमारी बैंक लिमिटेड र देवःविकास बैंक लिमिटेडलाई उक्त प्रणालीमा आबद्ध गराइएको छ ।

1298
रासस
बुधवार, कार्तिक २१, २०७५

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका १ हजार ८५६ सहकारी संस्थाको अनुगमन गर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेबाट देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्र पर्ने सबै सहकारीको अनुगमन गर्न लागेको हो ।

1078
कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५

विश्वव्यापी एक्सचेन्ज तथा रेमिट्यान्स कम्पनी युनिमनीले नेपालीको बाक्लो उपस्थिति रहेका जापानका सबै ठाउँमा शाखा खोल्ने भएको छ । नेपालीको बाक्लो उपस्थिति रहेका ठाउँमा नगद काउन्टरसहितका शाखा खोल्ने योजना रहेको कम्पनीको नेपाल हेर्ने कर्मचारी जगदिश खनालले बताए ।

972
अमृता राई
मंगलबार, कार्तिक २०, २०७५

सहयोगी विकास बैंक लिमिटेडले आफ्नो नाफालाई उल्लेख्य रूपमा वृद्धि गर्न सफल भएको छ । बैंकले चालू आवको पहिलो त्रैमासमा ३ सय प्रतिशतले नाफा वृद्धि गरी ३ जिल्लाका कार्यरत बैंकमध्ये आफूलाई अग्रस्थानमा राख्नमा सफल भएको छ ।

948
कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५

एनआईसी एसिया बैंकले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेकोमा शुभ–दीपावली तथा भाइटीकाको उपलक्ष्यमा ‘सोच बदलौं... भाइटीकाको उपहार स्वरूप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ ।

1267
कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा शुक्रबारबाट कारोबार सुरु गर्ने गरी मञ्जुश्री फाइनान्सलाई उक्त प्रणालीमा आबद्ध गराएको छ ।

995
कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको शुक्रबार सत्रौं वार्षिक साधारण सभा गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न भई आव ०७४÷७५ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश प्रदान हुने गरी पारित गरिएको छ । सञ्चालक पदमा श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ, रोशनी कसजु संस्थापक सेयरधनी तर्फबाट तथा डा.रेश्मा श्रेष्ठ, राजेश मानन्धर सर्वसाधारण तर्फबाट सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

634
कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५

पोखरा कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारणसभा कात्तिक १८ मा सम्पन्न गरेको छ ।

1147
कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५

सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डूबीच निर्जीवन बिमा सेवा प्रधान गर्ने सम्बन्धमा बैंकास्युरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामार्फत यस कम्पनीले आफ्नो थप सेवाहरू उक्त बैंककोे विभिन्न शाखामार्फत प्रधान गर्ने छ । उच्च प्रविधियुक्त सहज तथा दु्रत सेवामार्फत ग्राहकहरूको चाहनाअनुरूप निर्जीवन बिमा पु¥याउन थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।

903
कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५

एनआईसी एसिया बैंक लिमिटेडले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको क्रममा आउँदै गरेको शुभ–दीपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्यूआर कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ ।

982
कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५

ललितपुरमा अवस्थित नेपाल मेडीसिटी अस्पतालमा बिहीबार अजड इन्स्योरेन्स लिमिटेड्सँग विशेष सम्झौता कार्यक्रम सम्पन्न भएको छ । सम्झौताअनुसार कम्पनीका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् ।

1052
कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५

काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आईएमई लिमिटेड र ललितपुरस्थित साँघामा अवस्थित समय रेस्टुराँ तथा बारबीच सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेस्टुराँमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १०प्रतिशत विशेष पाउने जनाएको छ ।

937
कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५

कैलाश विकास बैंकले भिसा इन्टरनेसनलसँग अनुवन्धन गरी भिसा डेबिट तथा डलर कार्डो सेवा शुभारम्भ गरेको जनाएको छ ।

1019