कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

 नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)ले बैंकिङ डिजिटाइजेसनका विज्ञ राहुल जोशीसँग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । आफ्नु जीवनको लगभग २ दशकसम्म एक्लै भारतको सबैभन्दा ठूलो निजी बैंक आईसीआईसीआईको डिजिटल नीति सम्हाल्दै आएका राहुल जोशी मुम्बईका बासिन्दा हुन् ।

1031
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी २० आंै वाणिज्य बैंकको रूपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुराउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले एघार वर्ष पूरा गरी बाह्रौं वर्षमा प्रवेश गरेको छ ।

950
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकहरूको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ ।

1631
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

जनता बैंक नेपालले आफ्नो ‘जनता रेमिट’ को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिटलाई नियुक्त गरेको छ । उक्त सुपर एजेन्टसम्बन्धी सम्झौतामा जनता बैंक नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरे ।

983
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

गण्डकी विकास बैंकले बुधबार एकैदिन थप ८ वटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । नयाँ थप गरिएका शाखाहरूमा मकवानपुरको हेटौंडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाडौंको नयाँ बानेश्वर छन् । यससँगै बैंकका ५९ वटा शाखाबाट पूर्ण बैंकिङ सुविधा प्रदान हुने बैंकले जनाएको छ ।

978
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

ओम डेभलपमेन्ट बैंकले कास्की जिल्लाको पर्यटकिय गाउँ घान्द्रुकमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले मेश्रम बाराह माविका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरी शाखारहित बैंकिङ सेवाको विधिवत् उद्घाटन गरेका हुन् ।

793
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । मेगा बैंक सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले वैशाख २ गतेबाट लागू हुने गरी खुञ्जेलीलाई सीईओ नियुक्त गरेको हो । उनले सोही दिनबाट औपचारिक रूपमा पदभार ग्रहण गरी सकेकी छिन् ।

1805
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

एभरेस्ट बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा गरेका थिए ।

835
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

सिभिल बैंकले आफ्ना ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने क्रममा स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन ल्याएको छ । यस सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसनमार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत् प्राधिकरण÷ल्यान्डलाइन÷एडिएसएल÷डिसहोमको बिल भुक्तानी गर्न सकिने साथै १५० भन्दा बढी आबद्ध संस्थाहरूको सेवातथा वस्तु खरिद गर्न यस मोबाइल एप्लिकेसनको उपयोगबाट गर्न सकिने बैंकले जनाएको छ ।

791
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

सेञ्चुरी कमर्सियल बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच मंगलबार बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

560
प्रकाश पाक्साँवा
बिहिवार, बैशाख ६, २०७५

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको पौठाकमा एक सहकारीले लोपोन्मुख बीउहरूको बैंक स्थापना गरी सञ्चालन गरेको छ । पौठाक बचत तथा सहकारी संस्थाको व्यवस्थापनमा लोप हुन लागेका तरकारीको बीउ बैंक स्थापना गरी सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष तीर्थप्रसाद ढकालले बताए ।

1148
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिले ओरेन्टल सहकारीको सम्पत्ति खोजबिनलाई तीव्रता दिएको छ । सहकारीका कार्यकारी अध्यक्ष रहेका सुधीर बस्नेतसहित संस्थाका सञ्चालक, कर्मचारी, उनीहरूका आफन्तलगायतसँग छलफल गरी सम्पत्ति खोजबिन भइरहेको समितिका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए ।

785
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले निष्कासन गरेको सामूहिक लगानी कोष, एनआईसी एसिया ग्रोथ फन्ड ८३।५२ करोड एकाइहरू सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएकोे छ ।

898
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्यातिप्राप्त बैंक नेसनल कमर्सियल बैंक, क्विक पेबीच रेमिटान्स सम्झौता भएको छ ।

936
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारलाई व्यवस्थित गर्न सिमा तोकेको छ । केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको सीमा तोकेको हो ।

1317