नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मूल्यवृद्धि नियन्त्रण गर्ने गरी मौद्रिक नीति आएपछि गरिब तथा मध्यम वर्गीयलाई सहुलियतको आवश्यकता नहुने बताएका छन् ।
दुई दशक अघिसम्म गाउँमा सामूहिक काम गर्ने प्रचलन कमै मात्रामा थियो । चेतनाको विकास हुन नसक्दा विभिन्न समस्याले ग्रामीण क्षेत्रका स्थानीयलाई पिरोलिरहन्थ्यो । घरखर्चदेखि विभिन्न व्यवसाय सञ्चालनका लागि चर्काे व्याजमा ऋण चलाउनु यहाँका स्थानीयको बाध्यता नै थियो ।
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको दरवाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था एकीकरण भएका छन् ।
धनकुटामा प्रधान कार्यालय रहेको काबेली विकास बैंक र तेह्रथुमको जिल्लामा सञ्चालन भइरहेको माउन्ट मकालु डेभलपमेन्ट बैंकले आइतबारबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
गरिमा विकास बैंक र सूर्यालाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सहकारीकर्मीहरुले सहकारीमा संकलन भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन् ।
एनआईसी एसिया बैंकले १ हजार अंकित दरका १८ लाख ३० हजार कित्ताले हुन आउने १ अर्ब८३ करोड रुपैयाँबराबरको ११ प्रतिशत एनआईसी एसिया ऋणपत्र २०८२/८३ निष्कासनको निमित्त बैंकले नबिल इन्भेस्टमेन्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको जनाएको छ ।
पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो ४१ औं शाखा दोलखा जिल्लाको चरिकोटमा खोलेको छ । नयाँ शाखाको उद्घाटन शुक्रबार कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरे ।
प्रभु लाइफ इन्स्योरेन्स तथा मुक्तिनाथ बिकास बैंककाबीच बैंकस्योरेन्स गर्ने सम्झौता सम्पन्न भएको छ ।
कन्काई विकास बैंकले एलआईसी नेपालस“ग बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले झापाको दमकमा आयोजित एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे ।
ग्लोबल आईएमई बैंक र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच शुक्रबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।
गरिमा विकास बैंकले बिहीबार प्रदेश नम्बर १ अन्तर्गतका झापा र मोरङका विभिन्न ४ स्थानमा स्थापित शाखा कार्यालयको उद्घाटन गरेको छ ।
कालिका गु्रपअन्तर्गत डायमण्ड हाइड्रोपावरले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको माथिल्लो दरौंदी १ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । जनता बैंकको नेतृत्वमा कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैंकको सहभागितामा १ अर्ब ३४ करोड ८० लाख परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा काम गर्न बाधक रहेका ऐन, नीति नियम सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मुलुकको आर्थिक विकासका लागि सहकारीमा रहेको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने र त्यसलाई सहजीकरण गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।
मेगा बैंक नेपालले ग्राहकहरूका लागि दुइटा आकर्षक बचत खाता योजना ल्याएको छ । ग्राहकहरूको चाहनाबमोजिम नवीनतम सुविधाहरू प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको जनाएको छ ।