कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरूलाई सीसीडी रेसियोमा बार्गेनिड नगर्न निर्देशन दिएका छन् । पछिल्लो समय लगानीयोग्य रकमको अभाव भएकाले सीसीडी रेसियो खुकुलो पार्न बैंकहरूले अनुरोध गरिरहेका थिए । तर, गभर्नर डा. नेपालले निक्षेप बढाउन नसक्ने अनि मागे जति ऋण खुरुखुर दिएर थप ऋण दिने पैसा छैन भन्दै बैंकरहरूले रोइलो गरेकोमा आपत्ति जनाए ।

803
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।

1030
अमृता राई
आइतवार, मंसिर ९, २०७५

पछिल्ला दिनमा ऋणपत्रको बिक्री वितरणलाई प्रमुख प्राथमिकतामा राख्दै आएका बैंकहरुको भीडमा सिद्धार्थ बैंक पनि थपिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त बैंकलाई रु २ अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको छ ।

858
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूको महान चाड विजया दशमी, शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा ग्राहकहरू माझ ‘खुसीको पर्व’ योजना ल्याएको थियो । उक्त योजना कात्तिक मसान्तबाट समापन भएको छ । खुसीको पर्व योजनाअन्तर्गत आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका आफन्तले विदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकमनै प्राप्त गरेका थिए ।

891
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एसिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह«्र्रथुमको म्याग्लुङ बजारमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनरको प्रमुख आथित्यता तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको विशेष आथित्यतामा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

832
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

संघीय कानुनअनुसार सरकारले सहकारीको अधिकार स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि अनुगमन भने प्रभावकारी हुन सकेको छैन ।

1132
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ओखलढुंगाको सिद्धिचरणन गरपालिका–११ मा रहेको युनाइटेड मिसन टु नेपाल ओखलढुंगा सामदुायिक अस्पतालका लागि अटोमेटिक एक्टर्नल डिफ्रिब्रिलेटर मेसिन हस्तान्तरण गरेको जनाएको छ ।

736
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा बिहीबार झापा जिल्ला, दमक नगरपालिका–७, दमक बजारस्थित दमक शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दमक शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले दीप प्रज्वलनका साथ गरेका थिए ।

678
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

ओम डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका–२ को अर्चलबोट आमा समूहलाई डस्टबिन, कुचोलगायत विविध सरसफाई सामग्री प्रदान गरेको छ ।

952
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

नेपाल बंगलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, बिहीबार वडा नं ३ आठराई गाउँपालिका, ह्वाकु, तेह्रथुमस्थित सरस्वती माध्यमिक विद्यालयलाई ४ लाख १३ हजार रुपैयाँबराबरको विज्ञान प्रयोगशालाका सामग्रीहरू हस्तान्तरण गरेको थियो ।

853
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

जनता बैंक नेपाल लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट मीनाकुमारी सैजुलाई सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

1000
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

ग्लोबल आईएमई बैंक र बयोधा अस्पतालबीच बिहीबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

863
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

गण्डकी विकास बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गतका दुई छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरेको छ ।

558
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकको निक्षेप संकलन बढेको छ । बैंकले चालू आर्थिक वर्षको तीन महिनामा २ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो । यो गत वर्षको सोही अवधिको तुलनामा ७३ करोड ८९ लाखले बढी हो । गत आर्थिक वर्ष ०७४÷७५ को असोज मसान्तसम्म २ अर्ब १८ करोड ८९ लाख निक्षेप संकलन भएको थियो ।

772
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

बझाङ जिल्ला बुंगल नगरपालिका–४ मा कृषि विकास बैंकको नयाँ शाखाको औपचारिक उदघाटन आइतबार कृषि विकास बैंकका सञ्चालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले संयुक्त रूपमा गरे । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक बैंकिङ कार्यालय, बझाङका प्रवन्धक नवराज बूढाले गरेका थिए ।

712