कारोबार संवाददाता
आइतवार, मंसिर १०, २०७४

वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुले ऋण लगानीको सूचना आदान–प्रदान गर्नेका कर्जा सूचना केन्द्र सहकारी तथा गरिवी निवारण मन्त्रालयले सञ्चालन गर्ने भएको छ । केन्द्र स्थापनाका लागि लामो समयदेखि बहस भए पनि सञ्चालन गर्ने निकायको विवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

1828
भुवन पौडेल
शुक्रवार, मंसिर ८, २०७४

वाणिज्य बैंकहरूले कर्जा प्रदान गर्दा लिने ब्याज तीन प्रतिशतसम्म घटेको छ । बैंकहरूसँग कर्जा प्रवाह गर्ने रकमको उपलब्धता (तरलता) सहज भएपछि कर्जाको ब्याजदर घटेको हो ।

1266
कारोबार संवाददाता
सोमवार, मंसिर ४, २०७४

वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर असोजमा १०.०८ प्रतिशत कायम भएको छ । यो आधार ब्याजदर गत आवको सोही अवधिको तुलनामा करिब ४ प्रतिशतले धेरै हो । आर्थिक वर्ष ०७३÷७४ असोजमा वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर ६.४३ प्रतिशत मात्र थियो । आधार ब्याजदर नघट्नु भनेको तत्काल बैंकको ब्याजदर पनि नघट्ने संकेत हो । त्यसैगरी ०७३ असोजमा ९१ दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.१२ प्रतिशत रहेकोमा ०७४ असोजमा १.१८ प्रतिशत कायम भएको छ ।

848
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको छ । मलेसियाको क्वालालमपुरमा शुक्रबार सम्पन्न सम्मेलन तथा साधारणसभाले नेपालबाट उम्मेदवारी दिएकी राष्ट्रिय सहकारी संघकी उपाध्यक्षसमेत रहेकी ओमदेवी मल्ल निर्वाचित भएकी हुन् । आईसीए विश्व सहकारी अभियानको छाता संगठन हो । ९४ देशका सहकारी संघहरु सदस्य रहेको यो संस्थाको नेपाल सन् १९९७ देखि सदस्य छ । तर, सञ्चालक समितिमा नेपालको प्रतिनिधित्व पहिलो पटक भएको हो ।

1198
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

सानिमा बैंक र एक्सिस बैंकबीच भारत—नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखालगायत नेपालभरि ७ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

1423
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

नेपाल बैंक लिमिटेड बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० मास्थापना भई सञ्चालनमा आएको यो बैंक नेपाल राष्ट्र बंैक स्थापना हुनुपूर्व नै स्थापना भएको थियो । बंैकले नेपालमा भारतीय रुपैयाँको चलन चल्तीलाई विस्थापन गरी नेपाली रुपैयाँको चलनचल्ती बढाउनुको साथै जनतालाई बचत गर्ने तथा संस्थागत रूपमा बंैकिङ सुविधा उपयोग गर्ने संस्कृति विकास गरेको थियो । “देशको औद्योगिकीकरण, ब्यापार व्यवसाय विस्तार, आयात निर्यातको प्रबन्ध र नेपाली अर्थतन्त्रको विकासमा पहिलो बंैकको रूपमा यस बंैकले निर्वाह गरेको भूमिका सर्वत्र प्रशंसनीय छ,” बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

2546
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

विश्वमा गरिबी निवारण र दिगो विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । सदस्य केन्द्रित र समुदायमा आधारित हुने बिजनेस मोडल भएकाले सहकारीमार्फत तल्लो तहमा पुगेर काम गर्न सकिने र यसबाट छिटो तथा प्रत्यक्ष प्रभाव पार्न सकिनेमा एकमत भएका छन् ।

1681
भुवन पौडेल
शुक्रवार, मंसिर १, २०७४

बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो । २ वर्ष पदावधि रहेको एसोसिएसनको हालका अध्यक्ष शाहले जिम्मेवारी सम्हालेको एक वर्षमात्र पुगेको छ । २ सातापछि एसोसिएसनको नियमित वार्षिक साधारणसभा छ । र पुष १७ देखि उनी सेञ्चुरी कमर्सियल बैंकमा गएपछि उक्त पद पनि छोड्नु पर्नेछ ।

711
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

डेपुटी गभर्नर शिवराज श्रेष्ठले सेञ्चुरी बैंकले ल्याएको थप तीनवटा प्रविधिमा आधारित सेवाहरूको बुधबारदेखि शुभारम्भ गरे । बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममम एक्सिस बैंक, इन्डियाको सहकार्यमा नेपालमा नै पहिलो पटक मल्टी करेन्सी कार्डको आइतबारबाट सुरुवात गरेको छ ।

568
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

सबैका लागि बैंक भन्ने मुल नाराका साथ स्थापना भएको ग्लोबल आईएमई बैंकले, विज्ञान प्रविधिका नयाँ–नयाँ आयामहरूलाई भियाउने क्रममा अनलाइनमार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ ।

626
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

एनआईसी एसिया बैंकको नयाँशाखा प्यूठान नगरपालिका–४, जुम्रीस्थित जुम्री शाखाको बुधबार एक समारोहकाबीच प्यूठान उद्योग वाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट विधिवत् रूपमा औपचारिक उद्घाटन भयो ।

587
भुवन पौडेल
बुधवार, कार्तिक २९, २०७४

बैंकहरूले पुँजी वढाएको अनुपातमा लगानी गर्न नसकेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको इक्विटीमा प्रतिफल (आरओई) घटेपछि बैंकहरूले लगानी गर्न नसकेको देखिएको हो । चालू आवको पहिलो त्रैमासमा बैंकहरूको वास्तविक वित्तीय अवस्थालाई चित्रित गर्ने आरओई घटेको छ । यो अवधिमा बैंकहरूले ४२ प्रतिशतले पुँजी वढाएका छन् भने नाफा ३ प्रतिशतले मात्र बढाएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए ।

620
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था समस्यामा पर्दा सहयोग गर्न स्थिरीकरण कोषको अवधारणा अघि आएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) ले कोषको स्थापना गर्न धेरै अघिदेखि तयारी थाले पनि कानुनी अड्चन देखाउँदै सहकारी विभागले अनुमति दिएको थिएन । सहकारी ऐन–२०७४ मा बचत तथा ऋण कारोबार गर्ने संघसंस्था मिलेर कोष बनाउन सक्ने र सहकारी संस्थामा तरलताको अभाव हुँदा वा समस्याग्रस्त हुँदा सापटि दिन सकिने व्यवस्था गरिएको छ ।

2123
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

भूकम्प प्रभावितका लागि बैंक तथा वित्तीय संस्थाले दिने निब्र्याजी सामूहिक जमानी कर्जाको बिमा हुने भएको छ । सरकारले भूकम्प प्रभावितका घर निर्माणका लागि दिने निब्र्याजी कर्जाको लागत भुक्तानी कोष खडा गरी बिमा गर्ने भएको हो । अर्थ मन्त्रालयले भूकम्प प्रभावितलाई सामूहिक जमानीमा निब्र्याजी कर्जा प्रवाह गर्न कार्यविधि तयार गरी कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकलाई बुधबार पठाएको छ ।

1014
कारोबार संवाददाता
मंगलबार, कार्तिक २१, २०७४

सर्वसाधारणको बचत फिर्ता गर्न नसकी चार वर्षअघि नै बन्द भएको ओरेन्टल सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन–२०७४ बमोजिम सोमबार संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । ऐनको दफा १०४ अनुसार सहकारी विभागका रजिष्टारको सिफारिसमा ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरिएको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

1386