कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

सोमबार गते सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्सको सम्झौता भएको छ ।

1018
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

‘सिभिल बैंकलाई कमर्ज बैंकको कमर्ज बैंक व्यापार अवार्ड २०१७’ द्वारा सम्मानित गरिएको छ । आइतबार कमर्ज बैंक, फ्रान्कफर्ट, जर्मनीका दक्षिण एसिया प्रतिनिधि स्टेफन मन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई एक कार्यक्रमबीच प्रदान गरिएको हो ।

1273
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढीपीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ मा उक्त बस्ती एक समारोहकाबीच हस्तान्तरण गरिएको थियो ।

1312
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

रेमिट्यान्स आप्रवाह घट्नु, सरकारी खर्च अपेक्षाकृत नहुनु र कर्जाको माग बढेपछि म्याग्दीमा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ । निक्षेप संकलनका लागि बैंकका कर्मचारीको दौडधुप बढेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले कर्मचारीहरु बचतकर्ता खोज्न घरदैलो गर्न थालेका हुन् ।

1418
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले गोरखाको छेपेटारमा शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष प्रा. डा. रवीन्द्रप्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक राजु गुरुङले एक समारोहबीच सो शाखाको उद्घाटन गरेका हुन् ।

1660
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १७, २०७४

मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका–१४ कालिमाटी, कुलेश्वरमा रहेको शाखाको बुधबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले उद्घाटन गरेका छन् । उक्त समुद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले गरेका ।

983
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

स्ट्यान्डर्ड चार्टर्ड नेपाल र नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता भएको छ । बैंकले आफ्ना प्राथमिकता प्राप्त ग्राहक एवं डेबिट र क्रेडिट कार्ड ग्राहकहरूका लागि सेवा उपलब्ध गराउन हस्पिटलसँग समझदारी गरेको हो ।

820
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

स्ट्यान्डर्ड चार्टर्ड नेपाल र नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता भएको छ । बैंकले आफ्ना प्राथमिकता प्राप्त ग्राहक एवं डेबिट र क्रेडिट कार्ड ग्राहकहरूका लागि सेवा उपलब्ध गराउन हस्पिटलसँग समझदारी गरेको हो ।

872
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

काठमाडौंको बालुवाटारमा प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पिटल इन्डियाबीच सेवा आदान–प्रदान विषयमा सम्झौता भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र एपोलो हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईंले हस्ताक्षर गरेका थिए ।

1009
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

सानिमा बैंकले डडेलधुराको अमरगढी, कैलालीको टीकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा थप बिस्तार गरेको छ ।

608
कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४

एनसीसी बैंकले काठमाडौंको जोरपाटी नारायणटारमा शाखा खोलेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नारायणटार जोरपाटीमा स्थापित शाखा कार्यालयको शुक्रबार उद्घाटन गरे । कार्यक्रममा प्रमुख चालिसेले यस क्षेत्रमा अन्य बैंकहरूको पनि उपस्थिति रहेको र एनसीसी बैंकले प्रतिष्पर्धि रुपमा सहज र गुणस्तरीय सेवा पु¥याउनुका साथै उक्त कार्यमा आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए ।

862
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ११, २०७४

पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले राष्ट्रिय किक्रेट खेलाडी करण केसीलाई सम्मान गरेको छ । बैंकका पूर्वकर्मचारीसमेत रहेका केसीले आईसीसी क्रिकेट लिग डिभिजन टुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनोट खेल चरणमा प्रवेशसँगै डिभिजन वानमा पु¥याउन महत्वपूर्ण योगदान दिएको भन्दै बैंकले उनलाई फूलमाला, तथा खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो ।

1470
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ११, २०७४

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः १ को अनुपातमा साविकका सेयरधनीहरूलाई जारी गर्न लागेको ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड, बबर महल काठमाडौंलाई नियुक्त गरेको छ ।

1014
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ११, २०७४

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल मेडिसिटी अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरे ।

2961
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

सेवा निवृत्त भारतीय सैनिकहरूले पाउने मासिक निवृत्तिभरण भत्ता (पेन्सन) अब स्थानीय बैंकहरूबाट बुझ्न पाउने भएका छन् । पेन्सन बापतको रकम बुझ्न हरेक छ-छ महिनामा पेन्सन क्याम्प धाउन बाध्य भुपू सैनिकले आफ्नौ घरगाउँमा पेन्सन बुुझ्न पाउने भएका हुन् । सरकारले हरेक स्थानीय तहमा बैंक स्थापना गर्ने घोषणासँगै भारतीय सेनाले भूतपूर्व सैनिकहरूलाई स्थानीय तहमा स्थापना हुने बैंकमार्फत पेन्सन बुझ्ने व्यवस्था मिलाउन लागेको भारतीय सेनाका कल्याणकारी कोष हेर्ने प्रमुख लेप्टिनेन्ट जनरल आरपी सिंहले बताए ।

1523