कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

एपेक्स डेभलपमेन्ट बैंकको भूतले एनसीसी बैकमा तनाव निम्तयाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक सञ्चालक विष्णुप्रसाद धिताललाई शुक्रबार बिहान पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । सञ्चालक धिताललाई पक्राउ गरे लगत्तै बैंकको कर्पाेरेट कार्यालय बागबजार पुगेको सीआईबीको टोलीले १३ जना कर्मचारीलाई समेत पक्राउ गरि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

3533
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

सिद्घार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा कार्डका ग्राहकहरूले उक्त कार्डको प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्र्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना सञ्चालनमा ल्याएको छ ।

1033
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

मुक्तिनाथ विकास बैंकले आफ्नो ब्रान्ड एम्बेस्डरमा सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले बुधबार हस्ताक्षर गरे ।

856
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

सेञ्चुरी बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा ०७५ वैशाख १९ गतेदेखि लागू हुने गरी तुलसीराम गौतमलाई नियुक्त गर्ने गरी बैंकले बुधबार सम्झौता गरेको छ ।

1212
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

सन्राइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकका बचत खाताका ग्राहकहरूलाई स्वास्थ्य उपचार बिमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

830
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मोराहाङमा रहेको गौखुरी महिला बहुउद्देश्य सहकारी संस्थाको पुँजी पौने १ करोड पुगेको छ । महिलाले मात्र सञ्चालन गर्दै आएको सहकारी संस्थाको पुँजी ७३ लाख ७४ हजार १ सय २१ रुपैयाँ पुगेको अध्यक्ष पुष्पादेवी गौतमले बताइन् ।

1094
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

एनआईसी एसिया बैंकले फागुन ११ देखि सञ्चालनमा ल्याएको समुन्नति प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ वर्षे धनवर्षा मुद्दती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत चैत २ गते शुक्रबारसम्म मात्र नयाँ खाता खोल्न सकिने बताएको छ ।

1329
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेपबीचको अन्तर अर्थात स्प्रेडदर ५ प्रतिशतभन्दा माथि गए कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले मग्लबार निर्देशन जारी गर्दै औसत ब्याजदरको सिमामा कडाइ गरेको हो । विकास बैक र फाइनान्स कम्पनीले ५ प्रतिशत स्प्रेड रेटमा काम गर्न नसकिने भन्दै आएको अवस्थामा केन्द्रीय बैंकले ५ प्रतिशतको ब्याजदर नाघेको खण्डमा कारवाही गर्ने तयारी गरेको हो ।

1280
यादव हुमागाई
बुधवार, फाल्गुन ३०, २०७४

सरकारले स्थानीय तहलाई सहकारी संघ–संस्था हस्तान्तरणको कामलाई तीव्रता दिएको छ । संविधानले सहकारीको दर्ता, अनुगमन र प्रवद्र्धनको अधिकार स्थानीय तहलाई दिएपछि एक स्थानीय तहभित्र कार्यक्षेत्र रहेका सहकारीहरूको अभिलेख सम्बन्धित स्थानीय तहलाई नै हस्तान्तरण गरिएको सहकारी विभागले जनाएको छ ।

1142
अमृता राई
आइतवार, फाल्गुन २७, २०७४

प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा १ र कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

876
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

‘बैंक पनि, साथी पनि’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले ‘धनवर्षा मुद्दती खाता’ फेरि सुरु गरेको छ । ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरूमाझ अत्यन्त लोकप्रिय रहेको १ वर्ष अवधिकोे उक्त मुद्दती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रूपमा ब्याज भुक्तानी गरिनेछ ।

1318
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

असुरक्षाका कारण पर्वतको फलेबासबाट बिस्थापित बनेको राष्ट्रिय वाणिज्य बैंक पुनःस्थापित भएको छ ।

930
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

दाङको घोराही उपमहानगरपालिका–१८ गिठेपानी फुर्सेखालीका महिलाले सञ्चालन गरेको सहकारी संस्था अहिले जिल्लामै अब्बल सहकारीको रूपमा स्थापित भएको छ ।

1108
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

केही वर्षअघिसम्म तेह्रथुममा बैंक तथा वित्तीय संस्था नहुँदा स्थानीयबासिन्दाले आफूसँग भएको नगद थैलीमै राख्ने गर्दथे । ऋण चाहिनेहरू साहुमहाजनको घरमा धाउन बाध्य थिए । तर अहिले परिस्थिति फेरिएको छ । गाउँमै सहकारी संस्था खुल्न थालेपछि स्थानीयलाई सहज भएको छ ।

1021
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

पूर्णिमा विकास बैंकले धितोपत्र खरिद बिक्रीका लागि(सेयर खरिद बिक्री) सी–आस्बा प्रणाली संचालनमा ल्याएको छ । रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको बैंकले नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम ग्राहकको सुविधालाई ध्यानमा राखी सी­आस्बा प्रणाली सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले बताए ।

851