कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

विश्व बैंकको बैठकमा नेपालका परियोजनाको समीक्षा भएको छ । विश्व बैंकको बैठकमा अमेरिका पुगेका अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी, दुधकोशी जलविद्युत् आयोजनाको विकास, पूर्व पश्चिम राजमार्गको स्तरोन्नती तथा अन्य सडक आयोजनाहरुको निर्माणलगायतका विषयमा छलफल भएको जानकारी दिएका हुन् । साताव्यापी अमेरिकाको भ्रमण गरेर मंगलबार स्वदेश फर्किएका खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पार्दै यस क्षेत्रको निरन्तर आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको बताएका थिए ।

504
कारोबार संवाददाता
बुधवार, कार्तिक ६, २०७६

माछापुछ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्स छैटौं सिजनको आयोजना हुने भएको छ । काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा माछापुछ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच कर्पोरेट सुपर सिक्स छैटौं सिजनको मुख्य प्रायोजक माछापुछ्रे बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

481
कारोबार संवाददाता
बुधवार, कार्तिक ६, २०७६

लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ नामक क्राउडसोर्सिङ प्रतियोगिताको विजेताको घोषणा गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक प्रेस सम्मेलनमार्फत डिजाइनर टिशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रूपमा घोषणा गरिएको हो । क्राउडसोर्सिङको अवधारणाअन्तर्गत बैंकका ग्राहकहरूको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालनगरिएको थियो ।

504
कारोबार संवाददाता
बुधवार, कार्तिक ६, २०७६

जलवायु परिवर्तनले पर्ने असर कम गर्नमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् । सहकारीको पहुँच तल्लो वर्गसम्म पुगेको र यसको सञ्जाल समेत ठूलो भएकाले यसमार्फत जलवायु परिवर्तन कम गर्नका साथै, यसका असरबाट बच्न र अनुकुलनका उपाय अपनाउनका लागि भूमिका खेल्न सक्ने उनीहरुको जोड थियो ।

546
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

गुहेश्वरी मर्चेण्ट बैंकिङ एन्ड फाइनान्सले सोमबार चन्द्रनिगापुर, रौतहटमा चन्द्रनिगापुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीबाट विधिवत रूपमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थितिमा चन्द्रनिगापुर १३ औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको तथा सोमबार नै सिमरा, बारामा संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठबाट विधिवत रूपमा सिमरा एक्सटेन्सन काउन्टरको उद्घाटन एवं शुभारम्भ गरिएको संस्थाले जनाएको छ ।

362
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको ३१६ औं बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

470
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

एनआईसी एसिया बैंक र संस्कृति इन्फोएज प्रालिबीच एनआईसी एसिया बैंकका ग्राहकहरूलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम बैंकका ग्राहकहरूले एनआईसी एसियाको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङर कनेक्ट आईपीएस प्रयोग गरी माइट्रिपटु नेपाल डटकमबाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५ सय रुपैयाँ क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।

419
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका शाखाहरूको आर्थिक वर्ष २०७६÷७७ को प्रथम त्रैमासिक समीक्षा तथा शाखा प्रवन्धक गोष्ठी सम्पन्न गरेको छ । आइतबार पोखरामा सम्पन्न उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए ।

413
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

सनराइज बैंकको १ हजार रुपैयाँ अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्ने गरी ३ अर्ब रुपैयाँ रकम बराबरको ऋणपत्र जारी गर्ने नेपाल धितोपत्रबोर्डबाट स्वीकृतिप्राप्त गरेको छ ।

434
कारोबार संवाददाता
सोमवार, कार्तिक ४, २०७६

मुक्तिनाथ विकास बैंकर नेपाल रेमिटबीच सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

444
कारोबार संवाददाता
सोमवार, कार्तिक ४, २०७६

कृषि विकास बैंक, ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघबीच ग्रामीण विद्युत् उपभोक्ता समितिमा आबद्ध महिलाहरुको आयस्तर वृद्धिका लागि मझौला तथा साना परियोजना÷व्यवसायमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठ र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले उक्त सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

450
कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले लघुवित्तको क्षेत्रमा बढ्दो चुनौतीहरूको सामना गर्ने विषयमा अन्तरक्रिया गर्दै शाखा प्रबन्धकहरूको दुई दिने गोष्ठी सम्पन्न गरेको छ ।

478
कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६

गर्भिलो इतिहास बोकेको देशकै सरकारी बैंकले विशेष गरी युवा वर्गहरूका लागि गर्नुपर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत आरबीबी इम्पावरमेन्ट एकेडेमीको सुरुवात गरेको छ ।

460
कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६

एभरेस्ट बैंकले २५ औं स्थापना दिवसको अवसरमा शुक्रबार लाजिम्पाटस्थित आफ्नो प्रधान कार्यालयमा नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरूको आयोजना गरेको जनाएको छ । बैंकले रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो ।

453
कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले सायहता रकम बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा सहभागि भएका अर्थमन्त्री डा. खतिवडाले सरकारको लक्ष्य अनुसार गुणस्तरीय जीवन यापन गर्न सक्ने बनाउनु चुनौतीपूर्ण रहेको भन्दै यसका लागि विश्व बैंकको साहयता राशीमा उल्लेख्य वृद्धि गर्नु जरुरी रहेको बताएका थिए । बैठकमा खतिवडाले नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र आम जनताको औसत आयु एशिया प्रशान्त क्षेत्रको औसत

356