कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

एनआईसी एसिया बैंकले चालू आव ०७/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको जनाएको छ । बैंकले गत वर्षको सोही अवधिको ०.८९ अर्ब रुपैयाँ मुनाफाको तुलनामा चालू वर्ष १.१२ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोबारमार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्ने पनि बैंकको दाबी छ । साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्छ । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता ३२.८३ करोड रुपैयाँ भएको हुनाले ७२.१४ करोड खुद मुनाफा भएकोमा चालू आवको दोस्रो त्रैमासिकमा बंैकले ५७.१७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको छ । चालू आवमा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोड रुपैयाँको वृद्धिका बाबजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक छ ।

778
यादव हुमागाई
मंगलबार, माघ १६, २०७४

सहकारी संघ–संस्थामा पनि १० लाख रुपैयाँभन्दा बढी रकम कारोबार गर्दा रकमको स्रोत खुलाउनुपर्ने भएको छ । सहकारी विभागले सोमबार सहकारी संघ–संस्थाका लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन जारी गर्दै स्रोत खुलाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

1975
भुवन पौडेल
सोमवार, माघ १५, २०७४

बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नेतृत्व सम्हालेका नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंक अफ काठमाण्डूबाट बैंकिङ करिअर सुरु गरेका हुन् । १८ प्रतिशतसम्म खराब कर्जा भएको अवस्थाबाट बैंकको नेतृत्व लिएका ढुंगानाले बंैकलाई एक प्रतिस्पर्धी बैंकका रूपमा खडा गरेका छन् ।

1880
यादव हुमागाई
सोमवार, माघ १५, २०७४

नेपाल राष्ट्र बैंकले अनुमति दिएका लघुवित्त विकास बैंकबाट सेवा पाउने सर्वसाधारणको संख्या साढे २४ लाख पुगेको छ । लघुवित्तको संख्यात्मक वृद्धि र पहुँच विस्तारसँगै लघुवित्त सेवा पाउने सर्वसाधाणको संख्या एक वर्षमा साढे ४ लाख वृद्धि भएको हो ।राष्ट्र बैंकका अनुसार २०७३ पुससम्म लघुवित्त बैंकबाट २० लाख सर्वसाधारणले सेवा पाएकोमा २०७४ पुससम्म लघुवित्तका ग्राहकको संख्या २४ लाख ३२ हजार पुगेको छ । पछिल्लो ६ महिनामै लघुवित्तका ग्राहक एक लाख थपिएका छन् । हाल ५४ वटा लघुवित्त बैंक सञ्चालनमा छन् ।

890
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

एनएमबी बैंकले आव ०७४-७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबी बैंकले अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ प्रतिशतभन्दा बढीले वृद्घि गरी १ अर्ब रुपैयाँ कटाउन सफल भएको जनाएको छ ।

849
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा एनसीसी बैंकको शाखाको एक कार्यक्रमकाबीच शुक्रबार उद्घाटन गरे ।

744
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

ज्योति विकास बैंकले एससिटी डेबिट कार्डलाई प्रतिस्थापन गरी भिसा डेबिट कार्ड ल्याएको छ । एससिटी डेबिट कार्डका ग्राहकले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिसा कार्ड निःशुल्क प्राप्त गर्न सक्ने बेकले जनाएको छ ।

865
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

नेपालको ग्रामीण तथा बिपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई सहज तथा सुलभ रूपमा कर्जा प्रदान गर्नका लागि नेपाल बंगलादेश बैंक एवं साउथ एसिया फाउन्डेशन नेपाल तथा साउथ एसिया फाउन्डेशनकाबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

1504
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

सिद्धार्थ बैंकले बिहीबार संखुवाशभाको मकालु गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुलीको गोलन्जर गाउँपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, बाजुराको बुढीगंगा नगरपालिका र पर्साको बहुदुरमाई नगरपालिकामा एकै साथ ६ वटा शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

871
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

ग्लोबल आईएमई बैंकले बुधबारदेखि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–४, दिगाममा आफ्नो ६३ औँ तथा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–४ वाड्लामा ६४ औ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

765
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

बैंक अफ काठमाण्डूले आफ्नो सेवा तथा सुविधाहरूलाई थप विस्तार गर्ने उद्देश्यले ७६ औं शाखा कार्यालय गल्छी र ७७ औं शाखा कार्यालय मिर्चैयाको औपचारिक उद्घाटन गरेको जनाएको छ । गल्छी शाखा कार्यालय बिहीबार बैंकका सञ्चालक राधेश पन्त तथा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठद्वारा उद्घाटन गरिएको छ ।

691
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

ग्लोबल आइएमई बैंकले मंगलबारदेखि गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं. ५, आँपचौरमा आफ्नो ६१ औं तथा सोही नगरपालिकाको वडा नं. ५, भुवाचिदीमा ६२ आँं शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।

656
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

स्थानीय तहको निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि कैलालीका केही दुर्गम स्थानमा बैंकिङ सेवा सुरु हुन सकेको छैन । वाणिज्य बैंकहरूले प्रदेश ७ का ३६ वटा स्थानीय तहमा थप शाखा विस्तार गर्ने प्रस्ताव गरेपनि कैलालीका दुर्गम स्थानीय तहमा भने बैंकिङ सेवा सुरु हुन नसकेको हो ।

785
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

ग्लोबल आइएमई बैंकले आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्र्पक र प्रतिनिधि कार्यालयको विधिवत सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंकमध्ये पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो ।

802
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

प्राइम कमर्सियल बैंकले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा आइतबार सुर्खेतको लेकबेशी नगरपालिका ,दशरथपुरमा नयां शाखाको शुभारम्भ गरेको छ ।

933