कारोबार संवाददाता
बुधवार, मंसिर १८, २०७६

जनता बैंक नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचारसम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

341
कारोबार संवाददाता
बुधवार, मंसिर १८, २०७६

सार्क राष्ट्रहरूको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरूको छाता संगठन साउथ एसिएन फेडेरेसन अफ एकाउन्ट्सद्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बैंक लिमिटेड पुरस्कृत भएको जनाएको छ ।

378
कारोबार संवाददाता
बुधवार, मंसिर १८, २०७६

नेपाल बैंकर्स एशोसियशनको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमितिका लागि एक मात्र उम्मेदवारी परिपछि दाहाल निविर्धिरोध भएका हुन् ।

628
कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६

सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले राज्यकोषबाट सेवा सुविधा लिनेले सहकारीको सञ्चालक बस्न नमिल्ने बताएका छन् । ऐनले सहकारीको नियमनमा प्रत्यक्ष संलग्न हुने व्यक्ति संघसंस्थाको सञ्चालक बस्न नमिल्ने व्यवस्था गरेको भन्दै उनले राज्यबाट सेवा सुविधा लिने सबै व्यक्तिलाई यसले समेट्ने दावी गरे ।

2320
कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६

ग्राहकहरूलाई अझै उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । नबिल ग्राहक सेवा केन्द्रले आफ्ना ग्राहकहरूलाई चौबिसै घण्टा ३६५ दिन सेवा प्रदान गर्नेछ ।

420
कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६

ग्लोबल आईएमई बैंक र रूपाकोट रिसोर्ट प्रालिबीच रिसोर्टले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोट प्रालिका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् ।

436
कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६

सेञ्चुँरी बैंक इलाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इलाम–९, गोलाखर्क भञ्ज्याङस्थित राहसल बाल गृहलाई १६ ढोके किताब राख्ने -याक हस्तान्तरण गरेको हो । बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्यन अध्यापनका लागि सहज होस् भनी किताब राख्ने -याक हस्तान्तरण गरेको हो ।

376
कारोबार संवाददाता
आइतवार, मंसिर १५, २०७६

मेगा बैंक नेपाल सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका दि बैंकरले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।

366
कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६

गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा धनकुटामा सम्पन्न भएको छ । उक्त साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, चुक्तापुँजी ७ करोड ७५ लाखको ८.०१ प्रतिशत लाभांश प्रस्तावपारित गरेको छ ।

443
कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६

एनआईसी एसिया बैंक साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स–सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ ।

390
कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६

आफ्ना ग्राहकहरूलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आउनेक्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५ औं शाखा सञ्चालनमा ल्याएको छ ।

371
कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले केन्द्रीय बैंकले कसैको लहडमा लागेर नीति नल्याउने बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) को २२ औं स्थापना दिवस तथा सेजन अवार्ड कार्यक्रममा गर्भनर नेपालले कसैको प्रलोभनमा नपरि राष्ट्र बंैकले धेरै अध्ययन अनुसन्धान गरेर नै नीति ल्याउने गरेको दाबी समेत गरे ।

460
कारोबार संवाददाता
शुक्रवार, मंसिर १३, २०७६

ग्लोबल आईएमई क्यापिटल लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच ६ लाख ३० हजार कित्ता साधारण सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले हुने कुल रकम ६ करोड ३० लाख रुपैयाँ निष्कासन तथा बिक्री गर्ने सम्बन्धमा बिहीबार ग्लोबल आईएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले एक समारोहकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

527
कारोबार संवाददाता
शुक्रवार, मंसिर १३, २०७६

देवः विकास बैंकको कावासोती नगरपालिका–२ स्थित कावासोतीमा सञ्चालनमा आएको कावासोती शाखा कार्यालयको बिहीबार एक औपचारिक समारोहबीच बैंक सञ्चालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले विधिवत उद्घाटन गरे ।

443
कारोबार संवाददाता
शुक्रवार, मंसिर १३, २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

462