कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

एनआईसी एसिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहक महानुभावहरूले मुलुकभर फैलिएको २ सय ८४ वटै शाखा कार्यालयबाट सहज रूपमा राष्ट्रिय बिमा संस्थानको जीवन बिमा पोलिसिहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

111
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

नेपाल बैंकले प्रदेश नम्बर ५ दाङ जिल्लाको तुलसीपुर उपमहानगरपािलकामा शाखा स्थापना गरेको छ ।

103
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन नपा–५, सीतापाइला, आदेश्वरस्थित ‘हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकाहरूलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरूलाई जुक्ताहरू तथा खाद्यान्नहरू (चामल, दाल, खाने तेल आदि), साबुन र खाना पकाउने ग्यासहरू प्रदान गरेको छ ।

106
कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६

सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

130
कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६

एनआईसी एसिया बैंकले सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै स्थानीय तहमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आउने क्रममा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा आपm्नो ३२ औं शाखारहित बैंकिङ सेवा जेठ ३१ गतेबाट सञ्चालनमा ल्याएको छ ।

212
कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६

एनसीसी बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा मंगलबारदेखि एनसीसी भिसा क्रेडिट कार्ड शुभारम्भ गरेको जनाएको छ ।

158
कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६

‘मेगा रेमिट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपालले इजरायलबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ ।

128
कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा क्रमशः आफ्नो १०७ औँ र १०८ औँ शाखा परासीको भूमही र जिमिरेभारमा सञ्चालनमा ल्याएकोे छ ।

119
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

नविल बैंक तथा काठमाडौं महानगरपालिकाबीच एक विशेष समारोहबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्वतर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फको सडकका ट्राफिक आइल्यान्डहरूमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरू जडान गर्ने विशेष सौन्दर्यकरण सम्झौता भएको छ ।

220
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पुरयाउँदै जाने उद्देश्यका साथ २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ

170
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

‘मेगा रेमिट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो ।

165
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा वीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन् छुट्टाछुट्टै कार्यक्रमहरूकाबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले र लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईंले क्रमशः सुर्खेत शाखा र लम्कीको उद्घाटन गरे ।

139
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोल्डेन हस्पिटल प्रालि, विराटनगर, मोरङबीच सहकार्य गर्नेसम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात् बैंकका डेबिट-क्रेडिट कार्डवाहक तथा कर्मचारीहरूले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउने भन्दै बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको जनाएको छ ।

88
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण सचिव गोपीनाथ मैनालीले सहकारी संघसंस्थाहरूलाई सहकारी ऐन र नियमावलीका व्यवस्था पालना गर्न निर्देशन दिएका छन् । ऐन तथा नियमावलीका व्यवस्था अव्यवहारिक भएको भन्दै सुधार गर्न लविङ गरिरहेका सहकारीकर्मीलाई उनले सहकारी ऐनअनुसार संस्था सञ्चालन गर्न नसक्नेलाई अन्य क्षेत्रतिर लाग्न विकल्प रहेको बताए ।

1379
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ शुक्रबारदेखि कैलाली जिल्ला टीकापुर नपा–१ स्थित टीकापुरमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ ।

154