कारोबार संवाददाता
शुक्रवार, भदौ १, २०७५
358

ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दीस्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । विद्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधुप्रसाद बराललाई बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक विजय ढकालले उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
सो विद्यालयमा हाल कक्षा १ देखि १० सम्म गरी १६५ जना विद्यार्थी अध्ययनरत छन् । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघ–संस्थाहरूलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरू गर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । बिकास बैंकले असार मसान्तसम्म २१ अर्ब ४५ करोड निक्षेप संकलन गरी १८ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ५० हजार, एटीएम संख्या १९ रहेको र बिकास बैंकहरूमध्ये शाखारहित बैंकिङ सेवा प्रदान गर्ने पहिलो विकास बैंक हो ।