कारोबार संवाददाता
शुक्रवार, भदौ १, २०७५
370

नेपाल बंगलादेश बैक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका बीचमा बिहीबार बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक अभिजित धोष दास्तिदरले हस्ताक्षर गरेका थिए । यस सम्झौतापश्चात् बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका ७४ वटै शाखाबाट छिटो, छरितो तथा सहज रूपमा जीवन बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।