कारोबार संवाददाता
आइतवार, श्रावण १३, २०७५
1000

ग्लोबल आईएमई बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रविधिमा आधारित थुपै विशेषताहरू थप गरी नेपालमै पहिलो पटक नयाँ रूपमा आफ्ना ग्राहकहरू माझ ल्याएको जनाएको छ । आफ्ना ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले शुक्रबारका दिनदेखि आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई परिमाजन गरेको हो ।
अद्यावधिक गरिएको मोबाइल बैंकिङ कारोबारको सहजताको लागि व्यक्तिगत क्युआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिने भन्दै बैंकले यसका साथै यस सेवामा प्रयोगकर्ताको औंठाछापमार्पmत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणालीसमेत अपनाइएको जनाएको छ । ग्लोबल आईएमई बैंकको नयाँ ग्लोबल स्मार्ट सुविधाअन्तर्गत ग्राहक स्वयंले बैंकमा नगइकन आफैं उक्त सेवा सुचारु गर्न सक्ने सुविधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रूपमा हेर्न सकिनेछ ।