कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५
1072

 लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्याबलेट बैंकिङ’ लाई नेरुडे लघुवित्तले सुचारु गरेको छ । यो कार्यक्रम युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत ल्याएको जनाएको छ । नेपाल अधिराज्यभरि २९ जिल्लामा ७९ शाखा उपशाखा कार्यालय रहेको यस लघुवित्तले सुनसरीको धरान शाखा कार्यालयबाट पहिलो पटक ट्याबलेट बैंकिङ कार्यक्रम सुरु गरेको हो । धरान १७ को रेलवे लाइनमा रहेको सप्तरंगी नेरुडे महिला केन्द्रमा भएको कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले यो प्रविधिबाट आफ्ना ग्राहक सदस्यहरुलाई सेवा दिने बताए । ग्राहकहरुलाई सहज र सजिलो तरिकाले सेवा उपलब्ध गर्न यो प्रविधि ल्याइएको भन्दै नेरुडेले इन्टरनेट नभएका स्थानबाट पनि अफलाइनमार्फत सेवा दिन सकिने पनि बताएको छ ।