कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५
714

 लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंगलबार सोलुखुम्बुको थुलुङ दूधकोसी, ताप्लेजुङको पाथीभारा यांगवारक गाउँपालिका र सिधिङवा गाउँपालिका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा आफ्नो ५ नयाँशाखा सञ्चालनमा ल्याएकोे छ । यस नयाँशाखाको साथ,लक्ष्मी बैंकको शाखा सञ्जाल ९४, ४६ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ अनि ४ सयभन्दा बढी मोबाइल एजेन्टहरू पुगेको छ ।
यी शाखाहरूका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ । शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास पनि बैंकले लिएको छ ।