कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५
607

 सिभिल बैंकले जीवनबिमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाललाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाललाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका थिए । रिलायबल नेपाललाइफ इन्स्योरेन्सका जीवनबिमा सेवालाई बिना झन्झट सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरूमार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । देशका ग्रामीण भेगलाई विशेष ध्यानमा राखी विभिन्न जीवन बिमाका योजनाहरू ल्याइएको कुरा रिलायबल नेपाललाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बताए ।