कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५
727

एनआईसी एसिया बैंकले नेसनल लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएका एनआईसी बैंकको २३३ वटै शाखाहरूबाट सहज रूपमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्ने जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।


सातामा धेरै पढिएको