कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५
1026

डडेल्धुरा-डडेल्धुराका विभिन्न स्थानीय तहमा बैंकहरूले शाखा विस्तार गर्न थालेका छन् । नेपाल सरकारको नीतिअनुरुप डडेल्धुराका स्थानीय तहमा बैंकहरूले आफ्ना शाखा स्थापना गर्न थालेका हुन् ।
जिल्लाको भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकामा विभिन्न बैंकहरूले आआफ्ना शाखा विस्तार गरेका छन् भने बाँकी दुई वटा स्थानीय तह नवदुर्गा गाउपालिका र गन्यापधुरा गाउपालिकामा बैंक शाखा विस्तार गर्ने तयारीमा रहेका छन् ।

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकामा सानिमा विकास बैंक, आलिताल गाउँपालिकामा नबिल बैंक र अजयमेरु गाउँपालिकामा ग्लोबल आईएमई बैंकले आफ्ना शाखा विस्तार गरि सकेका छन् । बैंकहरूले शाखा विस्तार गरेसँगै अब आर्थिक कारोबारका लागि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको जनप्रतिनिधिको भनाइ छ । स्थानीय तहमा बैंक पुगेपछि वृद्धभत्ता, एकल महिलाभत्ता, योजनाहरूको बिल भुक्तान गर्न सहज हुनेसमेत आलिताल गाउँपालिकाका अध्यक्ष बलवहादुर गरुङले जानकारी दिए । दिनु भयो ।
भौगोलिक विकटताका कारण भित्रि मधेश अन्तर्गतका केही वडाहरू धेरै टाढा भएकोले भुक्तान गर्न समस्या हने त छँदै थियो, त्यसमा पनि सदुरमुकाम जान कति समय खेर जन्थ्यो भन्ने सहजै अनुमान गर्न सकिन्छ । दूरदराजमा रहेका गाउँपालिकाअन्तर्गत गाउँपालिकामा बैंक खुल्दा आलिताल गाउँपालिका–१ सेलाका एकल महिले आफूलगायत सिङ्गो सेलावासी भएको जानकारी दिए ।