कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५
714

कैलाश विकास बैंकले शुक्रबार नवलपरासी जिल्लाको कावासोतीमा आफ्नो ५७ औं शाखा स्थापना गरी कारोवार सुरु गरेको छ । उक्त शाखाको उद्घाटन कावसोती नगरपालिकाका नगर प्रमुख मतिचन्द्र कुमारी पुनले गरिन् । उक्त समारोह संस्थाका सञ्चालक चिन्तामणी पाण्डेको सभापतित्वमा भएको थियो ।
कैलाश विकास बैंकको यस शाखाबाट रेमिट्यान्स, कर्जा निक्षेप कारोबारसहित सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरू उपलब्ध हुने भन्दै बैकले यस नयाँ शाखासहित बैंकको शाखा संख्या ५७ पुगेको पनि जनाएको छ ।