कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५
1938

 एनएमबी बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको विश्लेषण गरेपश्चात् नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । गत अप्रिल २०१८ मा आईएफसीका प्रतिनिधिमण्डलले एनएमबी बैंकको भ्रमण गरी ऋणको कार्यान्यवन योजना तथा लगानी क्षेत्रहरूको गहन अध्यन गरेका थिए ।
वित्तीय क्षेत्रमै पहिलो पटक एनएमबि बैकले नेपाल सरकारको विकास नीति तथा कार्यक्रमहरूमा पर्ने क्षेत्रहरू जस्तै कृषि, ऊर्जा, पर्यटन, राष्ट्रिय राजमार्ग, विद्युत् प्रसारण लाइन, केवलकार, सुरुङमार्ग, एयरपोर्ट, पुल, साना तथा मझौला व्यवसाय, लघुवित्त गरी विभिन्न खाले आधारभूत संरचनाका क्षेत्रहरूमा वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाव पार्ने उद्देश्यले काम गरिरहेको छ । साथै बैकले अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट समेत यस्तै प्रकारका ऋण ल्याउन पहल समेत गरिरहेको जारी पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।